समायोजन खबर खोटाङ, खोटाङको खोटेहाङ गाउँपालिकाभित्र औषधी पसल बाहेकका सम्पुर्ण सेवाहरु बन्द गरिएको छ। गाउँपालिका भित्रका व्यक्तिहरुमा समेत कोरोना संक्रमण पूष्टि भएपछि गाउँपालिकाको स्थानीय विपद व्यवस्थापन समितिको बैठकले औषधी पसल बाहेकका सम्पुर्ण सेवाहरु बन्द गरेको हो।
शुक्रबार बसेको बैठकले २० जेठसम्म औषधी पसल बाहेक सम्पूर्ण पसलहरु, संघ/संस्था, शैक्षिक संस्था, होटल व्यवसाय, रेष्टुराँ, गेष्टहाउस बन्द गर्ने निर्णय गरेको छ।
हाटबजार, मेला, सामाजिक तथा सांस्कृतिक पर्व, भोजभतेर, पुजाआजा, विवाह, व्रतवन्ध, पास्नी लगायतका भिडभाड हुने प्रकृतिका क्रियाकलाप, अत्यावश्यक अवस्थामा बाहेक अन्य सबै प्रकारका सवारी साधन सञ्चालन गर्न नपाईने र निर्माण सामग्री, खाद्यान्न तथा इन्धन ढुवानी गर्ने सवारी साधनहरुले सुरक्षाका मापदण्ड पूरा गरी चालक र सहचालक मात्र सवार हुने गरी सञ्चालन गर्न पाईने गाउँपालिका अध्यक्ष प्रदिप राईले बताए।
निर्माण कार्य, बाह्य हिडडुल तथा आवतजावत कार्य पूर्णरुपमा बन्द गरिएको अत्यावश्यक अवस्थमा घर बाहिर निस्कदा अनिवार्य मास्क, पञ्जा, सेनिटाइजर तथा साबुन पानीजस्ता स्वास्थ्य सुरक्षाका उपाय अपनाउन भनिएको छ । गाउँपालिकाको निर्णय उल्लंघन गरेको पाइएमा प्रचलित कानून बमोजिम कारवाही गरिने अध्यक्ष राईले बताए।
कोरोना रोकथाम तथा नियन्त्रणका लागि यसअघि गाउँपालिका मातहतका सम्पूर्ण कार्यालयहरु बन्द गरिएको थियो। यसपटक भने कार्यालयहरुको विषयमा सोमबार बैठक बोलाइएको छ। स्वास्थ्य मापदण्ड अपनाएर समय तालिका बनाएर कार्यालय सञ्चालन गरिने संम्भावना रहेको गाउँपालिका अध्यक्ष राईले बताए।
यस गाउँपालिकामा हालसम्म १२ जना कूल संक्रमित संख्या पुग्दा १ जना निको भएका छन् । २८ जनाको पिसिआर रिपोर्ट आउँन वाँकी छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology