समायोजन खबर खोटाङ, खोटाङमा थप आठ जना कोरोना संक्रमित निको भएका छन्। निको हुनेमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका सात जना र हलेसी तुवाचुङ नगरपालिकाका एक जना छन्।
यससँगै जिल्लामा कोरोना संक्रमणमूक्त हुनेको संख्या २३ जना पुगेको छ। जसमा १६ जना पुरुष र सात जना महिला छन्। हालसम्म दुई जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएको स्वास्थ्य कार्यालय खोटाङका जनस्वास्थ्य अधिकृत एवं कोभिड फोकल पर्सन आनन्द लामिछाने जानकारी दिए।
यस्तै, यो समाचार तयार पार्दासम्म पिसिआर तथा एन्टिजेन परीक्षणबाट शुक्रबार ७४ जनामा कोरोना संक्रमण पूष्टि भएको छ। जन्तेढुंगा गाउँपालिकामा ११, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ५६ जना, साकेला गाउँपालिकामा ३ जना तथा रावाबेशी गाउँपालिकामा ४ जनामा संक्रमण देखिएको हो।
हालसम्म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा १३९ जना, हलेसी तुवाचुङ नगरपालिकामा ४० जना, साकेला गाउँपालिकामा १९ जना, ऐसेलुखर्क गाउँपालिकामा ४० जना, रावाबेसी गाउँपालिकामा २४ जना, केपिलासगढी गाउँपालिमा १० जना, खोटेहाङ गाउँपालिकामा १२ जना, जन्तेढुंगा गाउँपालिकामा ३७ जना तथा दिप्रुङ चुईचुम्मा गाउँपालिकामा छ जना संक्रिय संक्रमित छन्।
संक्रमितमध्ये २८३ जना होम आइसोलेसनमा, २० जना स्वास्थ्य संस्थामा सामान्य उपचारमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। जिल्लामा कूल संक्रमितको संख्या ३५२ जना पुग्दा ३२७ जना संक्रिय संक्रमित छन्।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology