• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका शिल, आवतजावतमा रोक

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका शिल, आवतजावतमा रोक


समायोजन खबर
  • शुक्रबार, जेष्ठ ७ २०७८

  • दिक्तेलबजार ।

    समायोजन खबर खोटाङ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका शिल गरिएको छ। नगरपालिकाभित्र कोरोनाको संक्रमण दर उच्च हुंदै गएको तथा एक जना संक्रमितको निधन भएपछि अर्को व्यवस्था नभएसम्म अत्यन्तै कडाईका साथ नगरपालिका शिल गरिएको हो।

    नगरपालिका कोरोना भाइरस दोश्रो लहरको उच्च जोखिममा रहेकाले आज ७ जेठबाट अर्को व्यवस्था नभएसम्मलाई शिल गरिएको नगरप्रमुख दिपनारायण रिजालले बताए। कफ्र्यु भन्दा कडा रुपमा शिल गरिएको रिजालको भनाई छ।

    १५ वटै वडामा लागू हुनेगरी शिल गरिएको हो। यो अवधिमा आवतजावत गर्न, नगरपालिका प्रवेश गर्न तथा वाहिरिन पाइने छैन।

    यसैवीच, २ जेठमा १७३ जनाको स्वाव संकलन गरेर परीक्षणमा पठाइएकामा शुक्रबार ७८ जनामा संक्रमण देखिएको छ। दुई जनाको स्याम्पलमा इरोर आएको नगरपालिकाका स्वास्थ्य शाखा संयोजक तीर्थराज आचार्यले जानकारी दिए।

    यस्तै, कोरोनाका कारण निधन भएकाको कन्ट्रायक ट्रेसिङमा परेका १८ जनाको एन्टिजेन परीक्षण गर्दा ११ जनामा कोरोना देखिएको छ।
    नगरपालिकामा हालसम्म संक्रिय संक्रमितको संख्या १३६ जना पुगेको छ। उनीहरु सबै होम आइसोलेसनमा छन्। १ जनाको कोरोनाका कारण निधन हुंदा १४ जना निको भएका छन्। कूल संक्रमित १५१ जना पुगेको छ।

    दोर्पा, पाथेकामा लक्षण देखिएका व्यक्तिहरु बिरामी परेको खबर प्राप्त भएको छ । त्यहाँ चिकित्सकको टोली जाने तयारी भईरहेको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology