समायोजन खबर खोटाङ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कका ३२ जनामा कोरोना संक्रमण पूष्टि भएको छ।
कन्ट्रायक ट्रेसिङमा परेका, जोखिम क्षेत्रबाट आएका र लक्षण देखिएका ३४ जनाको २ जेठमा स्वाव संकलन गरी पिसिआर परीक्षण पठाइएकामा बिहीबार रिपोर्ट आउँदा ३२ जनामा संक्रमण पूष्टि भएको नगरपालिकाका स्वास्थ्य शाखा संयोजक तीर्थराज आचार्यले जानकारी दिए। दुई जनाको रिपोर्ट आउँन बाँकी छ।
संक्रमितहरुलाई वडामार्फत जानकारी गराईएको छ। दिक्तेलका ८९ जनाको स्वाव संकलन गरेर पिसिआर परीक्षणमा पठाईएकामा आज २२ जनाको रिपोर्ट आउँदा ३ जनामा संक्रमण पूष्टि भएको छ। अन्यको रिपोर्ट आउँन बाँकी छ।
यस्तै, नुुनथलाका ४१ जनाको स्वाव पिसिआर परीक्षणमा पठाईए पनि रिपोर्ट आएको छैन। नगरपालिकाका नागरिकहरु कोरोनाको उच्च जोखिममा रहेको भन्दै सचेत हुन नगरपालिकाले आग्रह गरेको छ।
यस नगरपालिकामा कूल संक्रमितको ९६ जना पुगेको छ। संक्रिय संक्रमितको संख्या ८९ जना छ। हालसम्म सात जना संक्रमित निको भएका छन्।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology