समायोजन खबर खोटाङ, खोटाङमा ट्याक्टर दुर्घट्ना हुंदा एक जनाको ज्यान गएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाको बगरेभन्ज्याङमा प्रदेश नं.१ ०२–००३ त ०२८० नम्बरको ट्याक्टर बिहीबार दुर्घट्ना हुंदा एक जनाको घट्नास्थलमै ज्यान गएको हो। दुई जना घाईते भएका छन्।
दुर्घट्नामा रावाबेंशी गाउँपालिका–४ डुम्रेधारापानीका २५ वर्षीय नेत्र बहादुर गुरुङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता एवं प्रहरी नायब निरिक्षक अमर प्रसाद गजमेरले जानकारी दिए। मृतकको शव परिक्षणका लागि जिल्ला अस्पताल ल्याइएको छ।
दुर्घट्नामा डुम्रेधारापानीकै २१ वर्षीय चालक शुसिल श्रेष्ठ र सोही ठाउँका २९ वर्षीय धन बहादुर सुनुवार घाईते भएका छन्। चालक श्रेष्ठ गम्भीर घाईते छन् भने सुनुवार मध्यम घाईते भएका छन् । घाईतेलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएको भए पनि अस्पतालले रिफर गरेको छ । उनीहरुलाई आफन्तले थप उपचारका लागि काठमाडौ लगेको प्रहरीले जनाएको छ।
बगरेभन्ज्याङमा निर्माणाधिन पेन टावरबाट मिक्चर लिएर मध्यपहाडी लोकमार्ग जादै गर्दा सडकबाट पल्टिएको ट्याक्टर करीब ३० मिटर तल खसेको थियो।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology