• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

छैन कोरोनाको डर, निरन्तर पठनपाठन

छैन कोरोनाको डर, निरन्तर पठनपाठन


समायोजन खबर
  • बिहिबार, जेष्ठ ६ २०७८

  • शुभद्रा-मदन फाउण्डेसनद्धारा सञ्चालित जनजागृती विद्धालयमा अध्ययनरत विधार्थी तथा शिक्षक ।

    समायोजन खबर खोटाङ, कोरोनाको दोश्रो भेरियन्ट संक्रमणका कारण यतिबेला देशभरका शैक्षिक संस्था बन्द छ। तर, खोटाङमा रहेको जनजागृती विद्धालय अहिले पनि सञ्चालनमा छ। व्यवहारिक शिक्षामा अब्बल तथा देशकै नमुना विद्धालयको परिचय बनाएकोे आवसीय विद्यालय कोरोनाका वीचमा पनि निरन्तर सञ्चालन भईरहेको हो।

    शुभद्रा–मदन फाउण्डेसनद्धारा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ दिक्तेल सोल्मा डाँडागाउँमा सञ्चालित उक्त विधालयमा कोरोनाको कुनै असर छैन। निर्वाधरुपमा पठनपाठन भइरहेको छ। २०६८ सालदेखी खासगरी ब्यक्तिको लागि क्षमता शिक्षा, देशका लागि अर्थतन्त्र शिक्षा र संसारका लागि स्वच्छ वातावरण शिक्षा दिंदै आएको विद्धालयमा शिक्षक, विधार्थीहरु खुशी हुँदै शैक्षिक क्रियाकलापमा व्यस्त देखिन्छन्। स्वस्थ्य देखिन्छन्।कोरोनाले अन्य शैक्षिक संस्थाहरु वन्द भए पनि शुभममा नियमित गतिविधि भईरहेको शुभद्रा–मदन फाउण्डेसनका प्रवन्ध निर्देशक सुर्य राईले बताए। आन्तरिक रुपमा प्रयोगात्मक र शैद्धान्तिक कक्षाहरु भईरहेको छ। बाहिर जाने र आउने बन्द छ। पढाई त वन्द छैन। राईले भने।

    कृषिविज्ञ मदन राईको परिकल्पनामा सरकारी पाठयक्रमलाई १२ प्रकारमा सरलीकरण गरेर पढ्दै र पढेकालाई व्यवहारमा उतार्र्दै आएकोे विधालयले मनोरञ्जन शिक्षा, भाषा शिक्षा, विज्ञान शिक्षा, खाना शिक्षा, लुगा शिक्षा, घर शिक्षा, प्रविधि शिक्षा, स्वास्थ्य/यौन शिक्षा, मानविकी/व्यवस्थापन शिक्षा, सिर्जनशिलता शिक्षा, आत्महत्या शिक्षा र सन्तुलन शिक्षा दिंदै आएको छ।

    यस विद्यालयमा हिमाल, पहाड र तराई गरी ४४ जिल्लाका १५० बढी विधार्थीहरु अध्ययनरत छन्। कोरोना रोकथाम तथा नियन्त्रणका लागि गएको वर्ष सरकारले गरेको देशव्यापी लकडाउनमा पनि यो विद्यालय वन्द भएन।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology