समायोजन खबर खोटाङ, खोटाङमा मेडिकल अधिकृतले व्यक्तिगत रुपमा गाउँपालिकालाई स्वास्थ्य सामगी सहयोग गरेको छ। जन्तेढुंगा गाउँपालिका–५ चिसापानीको प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत मेडिकल अधिकृत जितेन्द्र प्रसाद शाहले जन्तेढुंगा गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरेका हुन्।
अधिकृत शाहले मंगलबार गाउँपालिकालाई पिपिई सेट १० थान, एन ९५ मास्क २ सय थान, सर्जिकल मास्क ५ सय थान, फेस शिल्ड १० थान र १० थान सुज कभर सहयोग गरेको गाउँपालिकाका सहायक स्वास्थ्य संयोजक पवनराज पोखरेल जानकारी दिए।
५० हजार बराबरको स्वास्थ्य सामग्री शाहले प्राथमिक स्वास्थ्य केन्द्र चिसापानीमा जन्तेढुंगा गाउँपालिका अध्यक्ष शंकर राईलाई हस्तान्तरण गरेका छन्। हस्तान्तरण भएको स्वास्थ्य सामग्री अध्यक्ष राईले पालिकाको स्वास्थ्य शाखालाई जिम्मा दिएको छ।
महामारीको समयमा कोरोनासँग आफै युद्ध लडिरहेका शाहले व्यक्तिगत स्वास्थ्य सामग्री सहयोग गरेकामा गाउँपालिकाले उनलाई धन्यवाद दिएको गाउँपालिका अध्यक्ष राईले बताए।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology