समायोजन खबर खोटाङ,सप्तरीको सप्तकोशी नगरपालिकाकी उपमेयर आशा चौधरीको कोरोना संक्रमणका कारण निधन भएको छ। विराटनगरस्थित विराट नर्सिङ होम तथा विराटनगर अस्पतालमा मंगलवार विहान ४ वजे उनको निधन भएको हो।
दुई साता अघि ज्वरो, रुघाखोकी तथा स्वासप्रश्वासमा समस्या देखिएपछि स्थानीय स्वास्थ्य चौकीमा एन्टिजेन परिक्षण गर्दा उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो। गर्भवती समेत रहेकी उनलाई थप असहज भएपछि फत्तेपुर मोडल पोलिक्लिनिकमा सामान्य उपचारपछि विराटनगर लगिएको परिवारका सदस्ले जानकारी दिएका छन्।
१० दिनअघि अस्पताल भर्ना भएकी उनलाई आईसियुमा राखेर उपचार सुरु गरिएको थियो। उपचारका क्रममा पनि स्वास्थ्यमा सुधार नआएपछि भन्टिलेरमा सारिएको थियो।
३ दिन अघि मात्रै उनको पेटमा भएको वच्चा पनि मृत अवस्थामा निकालीएको थियो ।वच्चाका कारण पनि उनलाई थप असहज भएको स्वास्थ्यकर्मीहरुले जनाएका छन्। मृतक चौधरीका पति र ७ वर्षीय एक छोरा छन्।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology