• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

बाहिरी जमघट नगर्न आग्रह

बाहिरी जमघट नगर्न आग्रह


समायोजन खबर
  • आइतबार, जेष्ठ २ २०७८

  • दिप्रुङ चुइचुम्मा गाउँपालिकाको केन्द्र। फाइल तस्विर ।

    समायोजन खबर खोटाङ, खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले बाहिरी जमघट नगर्न आग्रह गरेको छ। कोरोना भाईरस (कोभिड–१९) बढ्दो संक्रमणलाई मध्यनजर गर्दै पालिकाभित्रका सम्पूर्ण नागरिकहरुमा बाहिरी जमघट नगर्न आग्रह गरेको हो।

    गाउँपालिका अध्यक्ष तथा कोभिड संक्रमण तथा नियन्त्रण कार्यदलका संयोजक भुपेन्द्र राईको संयोजकत्वमा आईतबार गाउँपालिकामा बसेको कोभिड संक्रमण तथा नियन्त्रण कार्यदलको वैठकले बढ्दो संक्रमणका कारण पालिकाभित्रका विभिन्न जातजाति तथा धर्मावलम्बीहरुको जातिय संस्कार संस्कृती अनुरुपमा चाडपर्व, भोजभतेर, विवाह व्रतवन्ध, कुलपुजाहरु सामाजिक दुरी कायम गर्दै स्वास्थ्य मापदण्डका उपायहरु अवलम्वन गरी आफ्नै घरभित्र मनाउने निर्णय गरेको छ।

    यस्तै, वैठकले बाहिरी जमघटमा हुने नाचगान, भोजभतेर, विवाह, व्रतवन्ध, देवाली, साकेला चाड (उभौली) जस्ता कार्यहरु गर्न नपाईने निर्णय गरेको गाउँपालिका अध्यक्ष राईले बताए।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology