• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङमा थप दश जनामा कोरोना पूष्टि,छ जनाले जिते कोरोना

खोटाङमा थप दश जनामा कोरोना पूष्टि,छ जनाले जिते कोरोना


समायोजन खबर
  • शनिबार, जेष्ठ १ २०७८

  • सांकेतिक तस्विर ।

    समायोजन खबर खोटाङ,खोटाङमा थप दश जनामा कोरोना संक्रमण पूष्टि भएको छ। शनिबार विभिन्न नगरपालिका तथा गाउँपालिकामा परिक्षण गर्दा उनीहरुमा संक्रमण पूष्टि भएको हो।

    हलेसी तुवाचुङ नगरपालिकामा आठ जना र ऐेसेलुखर्क गाउँपालिकामा दुई जनामा कोरोना संक्रमण पूष्टि भएको स्वास्थ्य कार्यालय खोटाङका जनस्वास्थ्य अधिकृत एवं कोभिड फोकल पर्सन आनन्द लामीछाने जानकारी दिए।

    योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या १२८ जना पुगेको छ। हालसम्म छ जनाले कोरोना जितेर घर फर्केका छन्। एक जना संक्रमितको मृत्यु भएको छ। संक्रमितमध्ये अधिकांश होम आइसोलेसनमा र केही भने स्वास्थ्य संस्थामा सामान्य उपचारमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।

    हालसम्म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ५३ जना, हलेसी तुवाचुङ नगरपालिकामा २५ जना, साकेला गाउँपालिकामा २३ जना, ऐसेलुखर्क गाउँपालिकामा १४ जना, रावाबेसी गाउँपालिकामा ५ जना, खोटेहाङ गाउँपालिकामा ५ जना र जन्तेढुंगा गाउँपालिकामा ३ जना संक्रमित छन्।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology