समायोजन खबर खोटाङ, खोटाङको दिक्तेलबजारबासीले अनुशासन तोडेमा निषेधाज्ञा लगाइने जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसि)का संयोजक एबं प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले बताए।
यहि अनुसारले दिक्तेलबजारवासीले सहयोग गरे, निषेधाज्ञाको आवश्यक नपर्ने र साथ सहयोग नगरी अनुशासन उल्लंघन गरेमा निषेधाज्ञा लगाईने प्रजिअ शर्माको भनाई छ।
निषेधाज्ञा नलगाउँदा पनि यसरी सहयोग गर्नु निक्कै उदाहरणीय कार्य भएको उनको भनाई छ। निषेधाज्ञा लागू गर्नुपर्ने स्थिती देखिएको छैन। पछाडी भए त्यो बेग्लै कुरा हो। उनले भने।
दिक्तेलबजारबासीले अहिले भिडभाड नगरी, घरभित्रै बसेर कोरोना रोकथाम तथा नियन्त्रणमा सहयोग गरिरहेको छ। जिल्लाभर अहिलेसम्म ११८ जना कोरोना संक्रमित पुगेको छ। हालसम्म एक जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन्।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology