• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

दिक्तेलका मेयर र उपमेयरले आफू चढ्ने गाडीलाई बनाईदिए एम्बुलेन्स

दिक्तेलका मेयर र उपमेयरले आफू चढ्ने गाडीलाई बनाईदिए एम्बुलेन्स


समायोजन खबर
  • शनिबार, जेष्ठ १ २०७८

  • आफूले चढ्ने गाडीमा चढेको संक्रमितलाई हौसला प्रदान गर्दै मेयर दीपनारायण रिजाल ।

    समायोजन खबर खोटाङ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर र उपमेयरले प्रयोग गर्ने गाडी एम्बुलेन्सको रुपमा प्रयोग गर्ने भएका छन्। मेयर दीपनारायण रिजाल र उपमेयर विणादेबी राईले चढ्ने गरेको गाडीहरु एम्बुलेन्सको रुपमा प्रयोग गर्ने भएका हुन् ।

    महामारीको रुपमा कोरोना भाइरसको दोश्रो लहरको संक्रमण फैलिएपछि स्वास्थ्य संस्थासम्म जानका लागि संक्रमितहरुले समयमै एम्बुलेन्स नपाई रहेको अवस्थामा शनिबारदेखी दुबै गाडीलाई एम्बुलेन्सका रुपमा प्रयोग गरिएको मेयर रिजालले जानकारी दिनुभयो।

    मेयर रिजालले प्रयोग गर्ने गरेको बा २ झ ३४६७ नम्बरको गाडीबाट जिल्ला अस्पतालमा आइसोलेसनमा रहेका एकजना संक्रमितलाई शनिबार विराटनगरस्थित कोसी कोभिड अस्पताल पठाइएको छ। बिजयखर्कका २९ वर्षीय पुरुषलाई स्वासप्रस्वासमा समस्या देखिएपछि अक्सिजनसहित मेयर रिजालले चढ्ने गाडीमा पठाइएको हो।
    नगरपालिकामा भएको एक वटा एम्बुलेन्स शुक्रबार बिरामी लिएर काठमाण्डौ गएपछि आज उक्त पुरुषलाई स्वासप्रस्वासमा समस्या देखिएको र संक्रमित लैजानका लागि गाडी व्यवस्था नभएपछि आफू र उपमेयरले प्रयोग गर्ने गाडीलाई एम्बुलेन्स बनाउने निर्णय गरिएको रिजालले बताएका छन्। संकटका घडीमा आम जनताले घरभित्र बसेर तथा सबैले आ–आफ्नो स्थानबाट साथ सहयोग गर्न मेयर रिजालले आग्रह गरेका छन्।

    उपमेयरले प्रयोग गर्दै आएको को १ झ ६६८ नम्बरको गाडीलाई पनि एम्बुलेन्सको रुपमा प्रयोग गर्न तयारी अवस्थामा राखिएको छ। जनताको माग र आवश्यकता अनुसार आफूले प्रयोग गरिएको गाडीलाई एम्बुलेन्स बनाउने निर्णय गरिएको उपमेयर राईले बताईन्। विपदमा जस्तोसुकै मूल्य चुकाएर भए पनि जनताको उद्धार गर्छौ, उपचार गर्छौ। उपमेयर राईले भनिन्। दुबै गाडीलाई पाटेसन गरेर चालक सुरक्षित हुने र अक्सिजन रहने बनाइएको छ।

    यसअघि हलेसी तुवाचुङ नगरपालिकाकी उपमेयर बिमला राईले आफूले प्रयोग गर्दै आएको गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्न दिईसकेका छन्। जनप्रतिनिधिहरुले गरेकोे यस कार्यको चौतर्फी प्रशंसा भईरहेको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology