समायोजन खबर खोटाङ, खोटाङमा कोरोना भाइरस संक्रमणबाट एक जना बृद्धको निधन भएको छ । ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्कका ७८ वर्षीय पुरुषको शनिबार बिहान निधन भएको हो।
सुगर, प्रेसर, मृगौलाका रोगी तथा लामो समय प्यारालाइसिसले थलिएका उनलाई शुक्रबार एन्टीजेन परिक्षण गर्दा कोरोना संक्रमण देखिएको र शनिबार बिहान निधन भएको ऐसेलुखर्क गाउँपालिका अध्यक्ष विश्वनाथ निरौलाले बताए।
निधन भएका व्यक्तिको शवलाई नेपाली सेनाको सहयोगमा व्यवस्थापन गर्ने तयारी गरिएको छ । शव व्यवस्थापनको लागि गाउँपालिकाले स्थान पनि निर्धारण गरिसकेको अध्यक्ष निरौलाले बताए।
निधन भएका व्यक्तिको परिवारको बाँकी तीन जनालाई पनि संक्रमण देखिएको छ। तीन जनालाई होम आइसोलेसनमा राखिएको छ।
यस गाउँपालिकामा कोरोना संक्रमितको संख्या १२ जना पुगेको छ। जिल्लाभरी ११८ जना कोरोना संक्रमित भएका छन्। संक्रमितमध्ये अधिकांश होम आइसोलेसनमा र केही भने स्वास्थ्य संस्थामा सामान्य उपचारमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology