• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङमा संक्रिय संक्रमितको संख्या ९० पुग्यो

खोटाङमा संक्रिय संक्रमितको संख्या ९० पुग्यो


समायोजन खबर
  • बिहिबार, बैशाख ३० २०७८

  • सांकेतिक तस्विर ।

    समायोजन खबर खोटाङ, खोटाङमा कोरोना भाइरस (कोभिड–१९)को संक्रिय संक्रमितको संख्या ९० पुगेको छ। बिहीबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, ऐसेलुखर्क र जन्तेढुंगा गाउँपालिका गरी १३ जनामा संक्रमण देखिएपछि संक्रमितको संख्या ९० पुगेको हो।

    स्वास्थ्य कार्यालय खोटाङका जनस्वास्थ्य अधिकृत एवं कोभिड फोकल पर्सन आनन्द लामीछानेका अनुसार आज दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा २८ जनाको एन्टिजेन परिक्षण गर्दा ११ जना, जन्तेढुंगा गाउँपालिकामा १ जनाको एन्टिजेन परिक्षण गर्दा १ जना र ऐसेलुखर्क गाउँपालिकामा २ जनाको एन्टिजेन परिक्षण गर्दा १ जनामा संक्रमण देखिएको छ।

    यसैविच, जन्तेढुंगाका १ जना संक्रमितको कन्ट्रयाक ट्रेसिङमा परेका २७ जनाको स्वाव संकलन गरेर प्रदेश जनस्वास्थ्य कार्यालय विराटनगर पठाइएको छ । साकेला गाउँपालिकाबाट ६९ जनाको स्वाव संकलन गरी पिसिआर परिक्षणमा पठाइए पनि हालसम्म नतिजा नआएको लामीछानेले बताए । दिप्रुङ चुईचुम्मा गाउँपालिका र बराहपोखरी गाउँपालिकाले अहिलेसम्म एन्टिजेन तथा पिसिआर परिक्षण गरेको छैन।

    हालसम्म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ४४ जना, हलेसी तुवाचुङ नगरपालिकामा १३ जना, साकेला गाउँपालिकामा १२ जना, ऐसेलुखर्क गाउँपालिकामा ८ जना, रावाबेसी गाउँपालिकामा ५ जना, खोटेहाङ गाउँपालिकामा ५ जना र जन्तेढुंगा गाउँपालिकामा ३ जना संक्रमित छन् ।
    संक्रमितमध्ये अधिकांश होम आइसोलेसनमा र केही भने स्वास्थ्य संस्थामा सामान्य उपचारमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । हालसम्म १ जनाले कोरोना जितेर घर फर्केका छन्।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology