• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

गण्डकी मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङ पुनः नियुक्त

गण्डकी मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङ पुनः नियुक्त


समायोजन खबर
  • बुधबार, बैशाख २९ २०७८

  • समायोजन खबर खोटाङ, गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वी सुब्बा गुरुङ पुनः नियुक्त हुनुभएको छ। प्रदेशसभाका चार दलको समर्थन रहेको भन्दै मुख्यमन्त्रीमा दावी पेश गर्नुभएको नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलको दावी नपुग्ने भन्दै प्रदेश प्रमुख सीता पौडेलले अल्पमतको मुख्यमन्त्रीको रुपमा गुरुङलाई नियुक्त गर्नुभएको होा ।

    पौडेलले गुरुङलाई संविधानको धारा १६८ ९३० अनुसार नियुक्त गर्नुभएको होा । गुरुङले ३० दिनभित्र सदनबाट विश्वासको मत लिनुपर्नेछ। मुख्यमन्त्री गुरुङ हाल कोरोना संक्रमित रहेकाले आवश्यक स्वाथ्य मापदण्ढ पूरा गरेर पद तथा गोपनीयताको सपथ गराइएको छ ।

    बुधबार राष्ट्रिय जनमोर्चाका सांसदहरु कृष्णबहादुर थापा र खिमबिक्रम शाहीले आफूहरु कुनै गठबन्धनमा नरहेको र तटस्थ रहेको भनी विज्ञप्ति जारी गर्नुभएको थियो।यसपछि प्रदेश प्रमुखको कार्यालयले कांग्रेस सांसद कृष्णचन्द्र नेपाली पोखरेलको मुख्यमन्त्रीमा दावी नपुग्ने निश्कर्ष निकालेको हो ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology