समायोजन खबर खोटाङ,दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ दिक्तेल सोल्माका गंगा विश्वकर्मा निर्वाचित वडा सदस्य हुन्। उनी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ दिक्तेलका वडा सदस्य तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका कार्यपालिका सदस्य पनि हुन्।
जनताको कामपछि उनी प्रायः कृषिकर्ममा भेटिन्छन्। खोटाङ कृषि फर्म सञ्चालन गरेका विश्वकर्मा राजीनितक दलका कार्यकर्ता र वडा सदस्य भन्दा पनि अगुवा युवा कृषकका नामले परिचित छन्। कृषि फर्म सञ्चालक उनी प्रविधिमैत्री बेमौसमी तरकारी खेती गर्नमा माहिर छन् । उनले विभिन्न किसिमका तरकारी बालीहरु लगाएका मध्ये एक हो च्याउ खेती।
वर्षातको समयमा आक्लझुक्कल बारी तथा जंगलमा प्राकृतिक रुपमा उम्रिएको च्याउ खादै आएका साविकको सदरमुकामबासी र वरपरकाहरुले दुई महिनायता विश्वकर्माले उत्पादन गरेको कन्ये च्याउँ प्राय दैनिक खाने अवसर पाएका छन् । तीनवटा टनेलमा च्याउ खेती गरेका उनको दैनिकी अहिले च्याउ टिप्ने, बजार लैजाने र बिहानदेखि साँझसम्म घरैमा च्याउ बेच्ने हो।
च्याउ उत्पादनका लागि उनले पराल गाउँघरमै किन्छन्, च्याउको बिउँ काठमाण्डौबाट ल्याउने गरेका छन् । दिक्तेलबजारमा पनि पाईन्छ च्याउको बिउ, उनी थप्छन ‘पाएर के गर्नु काठमाण्डौमा पाइने मूल्यको दोब्बर मूल्य भन्छन् ।’ च्याउ सुरुमा उत्पादन हुंदा दिक्तेलबजारमा लगेर खानुहोस, लिनुहोस भन्नुपर्दथ्यो । अहिले बजारको माग नै पूरा गर्न सकिएको छैन उनी भन्छन्।
उनले उत्पादन गरेको च्याउको बजार सदरमुकाम दिक्तेलबजार हो । चिनजानकाहरु घरमा नै लिन आउने गरेका छन् । बजारको दैनिक माग २० केजीदेखि ३० केजीसम्म हुने गर्छ । तर, दैनिक २० केजीभन्दा उत्पादन दिन नसकिएको उनको भनाई छ । हलेसी र बुईपाबाट पनि च्याउको माग आए पनि पु¥र्याउन नसकिएको उनको भनाई छ।
अहिले दैनिक चार हजारको च्याउ विक्री गर्दै आएका उनी अन्यलाई पनि यस्तो पेशा अपनाउन आग्रह गर्छन् । विश्वकर्माले बाहेक जिल्लामा व्यवसायीक रुपमा अहिलेसम्म च्याउ खेती गरिएको पाइन्दैन । स्वास्थ्यको हिसाबले च्याउको खाना धेरै उपर्युक्त मानिन्छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology