• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

स्वास्थ्यकर्मीसहित चार जनालाई कोरोना पूष्टि, स्वास्थ्य चौकी नुनथला र बुईपा शिल

स्वास्थ्यकर्मीसहित चार जनालाई कोरोना पूष्टि, स्वास्थ्य चौकी नुनथला र बुईपा शिल


समायोजन खबर
  • शुक्रबार, बैशाख २४ २०७८

  • सांकेतिक तस्विर ।

    समायोजन खबर खोटाङ, खोटाङमा थप चार जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पूष्टि भएको छ। कन्ट्रयाक ट्रेसिङमा परेका र लक्षण देखिएकाहरुको शुक्रबार एन्टिजिन परिक्षण गर्दा कोरोना संक्रमण पूष्टि भएको हो।

    कोरोना संक्रमण पूष्टि हुनेमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका–१३ नुनथला स्वास्थ्चौकीकामा कार्यरत ३६ वर्षीय पुरुष स्वास्थ्यकर्मी, नगरपालिकामा कार्यरत ३२ वर्षीय पुरुष चालक, दिक्तेल हाँटडाँडाका १८ वर्षीय पुरुष र दिक्तेल सोल्माका ३८ वर्षीया महिलामा कोरोना संक्रमण पूष्टि भएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका स्वास्थ्य शाखा संयोजक तीर्थराज आचार्यले जानकारी दिए।

    ५ जनाको एन्टिजिन परिक्षण गर्दा चार जनामा संक्रमण देखिएको हो। संक्रमित सबैजना होम आइसोलेसनमा रहेका छन्। योसँगै जिल्लामा संक्रमितको संख्या १६ जना पुगेको छ।
    स्वास्थ्य चौकी नुनथला र बुईपा शिल
    नुनथलामा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना संmक्रमण पूष्टि भएपछि स्वास्थ्य चौकी नुुनथला र बुईपालाई शिल गरिएको छ। नुनथलामा कार्यरत स्वास्थ्यकर्मीका श्रीमती बुईपा स्वास्थ्य चौकीमा कार्यरत भएकाले शिल गरिएको नगरका स्वास्थ्य शाखा संयोजक आचार्यले बताए।

    भोली नै दुई स्वास्थ्य चौकीमा कार्यरत अन्य स्वास्थ्यकर्मीहरुको एन्टिजिन परिक्षण गरिने तयारी गरिएको छ । एन्टिजिन परिक्षण नेगेटिभ आएमा भोलिबाट स्वास्थ्य चौकीको नियमित कामकाज हुने जनाइएको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology