समायोजन खबर खोटाङ, प्रदेश नं १ सरकारले प्रदेशका स्वास्थ्य संस्थामा कोभिड–१९ रोकथाम नियन्त्रण तथा उपचार व्यवस्थापनका लागि तीन करोड ८५ लाख निकासा गरेको छ।
मुख्यमन्त्री शेरधन राईका प्रेस सल्लाहकारका अनुसार सरकारले प्रदेश स्वास्थ्य व्यवस्थापन केन्द्र विराटनगरका लागि ५० लाख, मेची अस्पताल भद्रपुर झापाका लागि २५ लाख, जिल्ला अस्पताल सुनसरी, जिल्ला अस्पताल धनकुटा र उदयपुर कोभिड–१९ अस्पतालका लागि २०–२० लाख निकासा गरेको छ।
यस्तै, जिल्ला अस्पताल खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, संखुवासभा, उदयपुर, मदन भण्डारी तथा ट्रमा सेन्टर र ताप्लेजुङ गरी एक करोड ५० लाख, जिल्ला प्रशासन कार्यालय झापाका लागि २० लाख, जिल्ला प्रशासन कार्यालय सुनसरीका लागि १५ लाख, इलामका लागि १५ लाख, मोरङका लागि २० लाख, ओखलढुङ्गाका लागि १५ लाख एवं खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु, उदयपुर, भोजपुर, तेह्रथुम, संखुवासभा, धनकुटा, पाँचथर र ताप्लेजुङका लागि ५० लाख विनियोजन भई आजै निकासा गरिएको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology