समायोजन खबर खोटाङ, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यही वैशाख २५ गते पार्टी संसदीय दलको बैठक बोलाएको छ। संघीय संसद् भवन, नयाँ बानेश्वरस्थित ल्होत्से कक्षमा अपराह्न २ बजे बस्ने बैठकमा प्रतिनिधिसभाको आगामी बैठकमा पार्टीको तयारी, समसामयिक राजनीतिलगायत विषयमा छलफल हुने पार्टी सचेतक पुष्पा भुसालले जानकारी दिनुभयो।
कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको मंगलबार बसेको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्को आगामी बैठकमा लिइने विश्वासको मतलाई असफल बनाउन निर्णय गरेको थियो।
सो विषयमा पनि संसदीय दलको बैठकमा छलफल हुने उहाँले जानकारी दिनुभयो । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा प्रधानमन्त्रीले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट गर्न आवश्यक ठान्नुभएकाले यही वैशाख २७ गते प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्नुभएको छ ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology