• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

भर्ना भएका बिरामीमा कोरोना देखिएपछि आकस्मिक र प्रसूति सेवा मात्र सञ्चालन

भर्ना भएका बिरामीमा कोरोना देखिएपछि आकस्मिक र प्रसूति सेवा मात्र सञ्चालन


समायोजन खबर
  • बुधबार, बैशाख २२ २०७८

  • फाईल तस्विर

    समायोजन खबर खोटाङ, जिल्ला अस्पताल खोटाङले आकस्मिक र प्रसूति सेवा बाहेक सम्पूर्ण सेवाहरु बन्द गरेको छ। अस्पतालको अन्तरंग विभागमा उपचारको लागि भर्ना भएका दुई जना बिरामीहरुमा एन्टिजिन परिक्षण गर्दा पोजेटिभ देखिएपछि अन्य सम्पूर्ण सेवाहरु बन्द गरेको हो।

    दुई जना बिरामीको मंगलबार एन्टिजिन परिक्षण गर्दा नतिजा पोजेटिभ (कोरोना) देखिए पश्चात विरामीहरुवाट स्वास्थ्यकर्मीहरुमा समेत संक्रमण भएको आशंका भई एन्टिजिन परिक्षण गर्नुपर्ने भएकाले आकस्मिक र प्रसूति सेवा बाहेक सम्पूर्ण सेवाहरु बन्द गरिएको निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा.बैभव मल्लिकले जानकारी दिए।

    ओपीडी सेवा, प्रशासन, आर्थिक प्रसाशनसँग सम्बन्धित सम्पूर्ण सेवा अर्को सूचना जारी नभएसम्म बन्द भएको छ। संक्रमित उक्त दुईजना बिरामीलाई अस्पतालको कोभिड १९ आइसोलेसन कक्षमा राखिएको छ।

    ज्वरोको समस्या भएपछि तीन दिनअघि जिल्ला अस्पतालमा भर्ना भएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका एक दम्पत्तीमा हिजो एन्टिजिन परिक्षण गर्दा कोरोना संक्रमण पूष्टी भएको हो।

    यस्तै, मंगलबार नै चार जनाको एन्टिजिन परिक्षण गर्दा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका पाण्डे थरका र सोल्माका गुरुङ थरका एक जना पुरुषलाई कोरोना संक्रमण पूष्टी भएको थियो। उनीहरु होम आइसोलेसनमा छन्। हालसम्म जिल्लामा कोरोना संक्रमितको संख्या ६ जना पुगेको छ। साकेला गाउँपालिका–१ बाझेच्यानडाँडाका दुई जना पुरुषमा सोमबार कोरोना संक्रमण पूष्टि भएको थियो।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology