• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

दिक्तेलका दुई जना पुरुषमा कोरोना पूष्टि

दिक्तेलका दुई जना पुरुषमा कोरोना पूष्टि


समायोजन खबर
  • मंगलबार, बैशाख २१ २०७८

  • दिक्तेलबजार ।

    समायोजन खबर खोटाङ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा दुई जनालाई कोरोना संक्रमण पूष्टी भएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका पाण्डे थरका एक जना पुरुष र सोल्माका गुरुङ थरका एक जना पुरुषलाई कोरोना संक्रमण पूष्टी भएको हो।

    मंगलबार जिल्ला अस्पताल खोटाङमा चार जनाको एन्टीजेन परिक्षण गर्दा दुई जनालाई कोभिड–१९ पुष्टी भएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजालले बताए । संक्रमण पूष्टी भएका दुबै पुरुषलाई होम आइसोलेसनमा राखिएको छ।

    पाण्डे थरका पुरुष भने केही समयअघि आफन्तको विवाहमा भारत पुगेर फर्किएको जनाइएको छ । गुरुङ भने पेशाले चालक हुन्। दुई संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेका अन्य व्यक्तीको पनि बुधबार एन्टीजेन परिक्षण गरिने नगरप्रमुख रिजालले बताए।

    जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को वैठकको निर्णय अनुसार मंगलबारदेखि जिल्ला अस्पतालमा एन्टीजेन परिक्षण सुरु गरिएको हो । नगरपालिकाले एन्टीजेन परिक्षण सुरु गर्दा दुईजनालाई पोजेटिभ देखिएको हुंदा सम्पूर्ण नगरवासीलाई स्वास्थ्य मापदण्ड अपनाएर उच्च सर्तकताका साथ घरैमा बस्न दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाकी उपप्रमुख विणादेबी राईले सामाजिक सञ्जाल फेसबुकबाट आग्रह गरेकी छन्।

    सोमबार मात्रै साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका दुई पुरुषलाई कोरोना संक्रमण पूष्टी भएको थियो । २६ जनाको एन्टीजेन परिक्षण गर्दा दुईजनामा कोरोना पूष्टि भएपछि अर्को सूचना जारी नभएसम्मलाई बाँझेच्यानडाँडा वडालाई शिल गरिएको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology