• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

बाहिरबाट आएका मानिसको तथ्यांक संकलन गर्न शिक्षकलाई जिम्मेवारी

बाहिरबाट आएका मानिसको तथ्यांक संकलन गर्न शिक्षकलाई जिम्मेवारी


समायोजन खबर
  • सोमबार, बैशाख २० २०७८

  • फाइल तस्विर ।

    समायोजन खबर खोटाङ,खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले बाहिरबाट आएको मानिसको तथ्यांक संकलन गर्न शिक्षकहरुलाई परिचालन गर्ने निर्णय गरेको छ । कोभिड–१९ नयाँ भेरियन्टस संक्रमणलाई रोकथाम गर्न प्रत्येक वडाको वडाध्यक्षको नेतृत्वमा सम्पूर्ण विद्यालयका शिक्षकहरुलाई वडा र अन्य स्थानबाट आउने मानिसहरुको तथ्यांक संकलन गर्न परिचालन गर्ने निर्णय गरेको हो।

    हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख तथा कोरोना भाईरस‐कोभिड–१९)रोकथाम तथा नियन्त्रण नगरस्तरीय समन्वय समिति संयोजक इवन राईको अध्यक्षतामा आईतबार नगरपालिकामा बसेको सर्वदलीय वैठकले वडा र टोलहरुमा अन्य स्थानहरुबाट आउने व्यक्तिहरुको तथ्यांक संकलन गरी अनिवार्य होम क्वारेन्टाइनमा वस्न अनुरोध गर्ने र जनचेतनामूलक सन्देश प्रवाह गराउनमा नगरभित्रका सम्पूर्ण विद्यालयका शिक्षकहरुलाई परिचालन गर्ने निर्णय गरेको निमित्त प्रमुख प्रकासकीय अधिकृत रविकिरण आचार्यले जानकारी दिए।

    नगरपालिकाभित्र क्रियाशिल राजनीतिक दलका भातृ संगठन तथा सुभेच्छुक संस्थाहरुलाई समेत परिचालन गर्न दलका तर्फबाट निर्देशन दिने निर्णय भएको छ । यस्तै वैठकले नगरपालिकाभित्रका स्वास्थ्य संस्था, औषधि पसल तथा खाद्यान्न पसल बाहेक सम्पूर्ण सरकारी, गैर सरकारी, बैंक, वित्तीय संस्थावाट प्रवाह हुने सम्पूर्ण सेवाहरु बैशाख मसान्तसम्म वन्द गर्ने निर्णय गरेको छ।

    खाद्यान्न पसलको हकमा बिहान ८ बजेदेखी १० बजेसम्म र बेलुका ४ बजेदेखी ६ बजेसम्म मात्र नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्ने निर्णय गरिएको नगरप्रमुख राईले बताए।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology