• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

साकेला गाउँपालिकाका दुई जनालाई कोरोना संक्रमण पूष्टी

साकेला गाउँपालिकाका दुई जनालाई कोरोना संक्रमण पूष्टी


समायोजन खबर
  • सोमबार, बैशाख २० २०७८

  • समायोजन खबर खोटाङ,खोटाङको साकेला गाउँपालिकामा दुई जनालाई कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पूष्टी भएको छ। साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका ५३ वर्षका खत्री थरका र २० वर्षका रोका थरका पुरुषलाई कोभिड–१९ को संक्रमण पूष्टी भएको हो ।

    गाउँपालिकाभित्रका २६ जनाको पिसिआर परिक्षणका लागि स्वाव संकलन गरेर पठाइएकामा दुई जनालाई संक्रमण पूष्टी भएको साकेला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रबिन मगरले बताए।

    काठ्माण्डौंमा अध्ययनरत रोका बैसाख १५ गते र खत्री चितवनबाट बैसाख १६ गते घर आएका हुन् । उनीहरु दिक्तेलबजार हुँदै घर पुगेको खुलेको छ । हाल उनीहरुको कन्ट्याक्ट ट्रेसिङका काम भइरहेको छ । संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ । हाल होम आइसोलेसनमा बसिरहेका संक्रमितलाई मंगलबार बिहान साकेला गाउँपालिका–२ रतन्छास्थित अस्थायी कोभिड अस्पतालको आइसोलेसनमा लगेर राख्ने तयारी गरिएको प्रमुख प्रशासकीय अधिकृत मगरले बताए।

    गाउँपालिकाले बैसाख १८ गते २६ जनाको स्वाव परिक्षणका लागि प्रादेशिक जनस्वास्थ्य कार्यालय बिराटनगर पठाएकामा सोमबार रिपोर्ट आएको हो । खोटाङका १० स्थानीय तहमध्ये साकेला गाउँपालिकाले मात्र स्थानीयको पिसिआर परिक्षणमा तत्परता देखाएको हो । हालसम्म अन्य स्थानीय तहले भने शंकास्पद व्यक्तीको पिसिआर परिक्षणमा ध्यान पु¥याउन सकेको छैन।

    यस्तै, बराहपोखरी गाउँपालिकाका एक जनामा कोरोना संक्रमण पूष्टि भएको प्रदेश नं. १ को सामाजिक विकास मन्त्रालयले जनाएको छ । संक्रमितको ठेगाना खोटाङ भए पनि उनी अन्यत्र बस्दै आएको अनुमान गरिएको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology