• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

सुदूरपश्चिममा ४३ सङ्क्रमितको मृत्यु

सुदूरपश्चिममा ४३ सङ्क्रमितको मृत्यु


समायोजन खबर
  • आइतबार, बैशाख १९ २०७८

  • सांकेतिक तस्विर ।

    समायोजन खबर खोटाङ, सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमित हुने दर दिनहुँ बढ्दै गएको छ भने आठ दिनको अवधिमा ४३ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार शनिबार अपराह्नसम्म यो प्रदेशमा कम्तिमा एक हजार २४३ जनामा कोरोना सङ्क्रमण पुष्टि हुँदा १८६ जना निको भएका छन् ।

    निर्देशनालयका अनुसार कैलालीमा १८, कञ्चनपुरमा १८, डडेल्धुरा २, अछामका २, बैतडी १, बझाङ १, दार्चुलाका १ जना सङ्क्रमितको मृत्यु भएको हो । मृत्यु भएका धेरैजसोमा कडा खालको निमोनिया रहेको पाइएको स्वास्थ्य निर्देशनालय दिपायल राजपुरले जनाएको छ ।

    यसैगरी भारतबाट रोजगरी गरी घरफर्किएका डोटीका दुईको मृत्यु भएको थियो । उनीहरूको कोरोना परीक्षण नगरिएका कारण कोरोना सङ्क्रमणबाट मृत्यु भएको सूचीमा नराखिएको जिल्ला अस्पताल डोटीले जनाएको छ । कोरोना कहर शुरु भएदेखि हालसम्म प्रदेशभर कोरोना सङ्क्रमणबाट ८४ जनाको मृत्यु भइसकेको छ ।

    सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार मृत्यु हुनेमा सबैभन्दा बढी कैलाली र कञ्चनपुरका नागरिक रहेका छन् । कोरोना सङ्क्रमित् हुने दर बढेसँगै मृत्यु हुने दर पनि बढ्दै गएको स्वास्थ्य निर्देशक डा गुणराज अवस्थिले जानकारी दिनुभयो । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार प्रदेशका विभिन्न प्रयोगशालामा भएको परीक्षणमा गत वैशाख ११ गते शनिबार ११०, यस्तै १२ गते आइतबार ५७, सोमबार ६७, मङ्गलबार २८३, बुधबार २८९, यस्तै बिहीबार २४६ र शुक्रबार १९१ जना सङ्क्रमित फेला परेको निर्देशनालयले जानकारी दिएको छ ।

    यसैगरी आठ दिनको अवधिमा १६८ जना सङ्क्रमितले कोराबाट निको भएका छन् । प्रदेशको नौवटै जिल्लाको तथ्याङ्कका आधारमा गत शनिबार ४७ सङ्क्रमितले कोरोना निको भइ घर पकिएका थिए । कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकारले बिभिन्न योजना अघि सारे पनि यहाँको प्रदेशमा कोरोना रोकथाम तथा नियन्त्रण हुन सकेको छैन । भारतबाट रोजगारी गरी घर फर्किएका नागरिकहरूको स्वास्थ्य जाँच नगरी सिधै गाउँमा जाने गरेका कारण यहाँका गाउँ घरमा कोरोनाको जोखिम बढेको स्थानीयवासी बताउँछन् ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology