• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङमा यसवर्ष पनि देखियो फौजी किरा, ४४ सय रोपनी बालीमा फैलियो प्रकोप

खोटाङमा यसवर्ष पनि देखियो फौजी किरा, ४४ सय रोपनी बालीमा फैलियो प्रकोप


समायोजन खबर
  • बिहिबार, बैशाख १६ २०७८

  • दिक्तेलको नोभेमा फौजी किराले गरेकोे क्षतिको विवरण लिइदै । तस्विर चिसाङ शेर्पा ।फाईल तस्विर।

    समायोजन खबर खोटाङ, यसवर्ष पनि खोटाङमा अमेरिकन फौजी किराको प्रकोप देखिएको छ। जिल्लाको दुईवटा नगरपालिका र छ वटा गाउँपालिकाको विभिन्न स्थानमा लगाएको बालीमा फौजी किराको प्रकोप देखिएको हो।

    सुरुवातमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र रावाबेशी गाउँपालिका–५ दुवेकोलको केही स्थानमा देखिएको अमेरिकन फौजी किराको प्रकोप हालसम्म ४ हजार ४१० रोपनी बालीमा फैलिएको कृषि ज्ञान केन्द्र खोटाङले जनाएको छ। यी दुई पालिकामा सबैभन्दा बढी फौजी किराको प्रकोप फैलिएको छ।

    ज्ञान केन्द्रका बाली संरक्षक रामनन्दन यादवका अनुसार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा १८ सय रोपनी, रावाबेशी गाउँपालिकामा ९ सय रोपनी, साकेला गाउँपालिकामा ५ सय रोपनी, ऐसेलुखर्क गाउँपालिकामा ४ सय रोपनी, दिप्रुङ चुईचुम्मा गाउँपालिकामा ४ सय रोपनी, केपिलासगढी गाउँपालिकामा २५० रोपनी र बराहपोखरी गाउँपालिकामा १५० रोपनी क्षेत्रफलमा फौजी किराको प्रकोप देखिएको छ । हलेसी तुवाचुङ नगरपालिकाको सल्लेमा मात्रै १० रोपनी क्षेत्रफलमा यसको प्रकोप फैलिएको छ। अन्य स्थानमा देखिएको छैन।

    खोटेहाङ गाउँपालिका र जन्तेढुंगा गाउँपालिकामा अहिलेसम्म फौजीको किराको प्रकोप नदेखिएको यादवले बताए। अन्य आठ पालिकामा देखिएको फौजी किराको प्रकोप बढ्दो क्रममा छ। ती स्थानमा फैलिएको किराको प्रकोप निर्मुलन गर्नलाई पालिकाहरुमा विषादी पठाइएको र प्राविधिकहरुको प्रत्यक्ष निगरानीमा छर्ने काम भईरहेको यादवले बताए।

    सुरुवातमा विजयखर्कमा फौजी किराको प्रकोप देखिएको भनि रिपोर्टिङ आएको र विषादी वितरण त्यहीबाट भएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका कृषि प्रसार अधिकृत धर्मेन्द्र कलौनीले बताए । अन्य स्थानका लागि पनि विषादी वितरण गरेर रोकथामको प्रयास भईरहेको कलौनीको भनाई छ। अन्य पालिकाहरुले पनि आफ्नै श्रोत साधन प्रयोग गरेर फौजी किराको प्रकोप नियन्त्रणको प्रयास गरिरहेको पाईएको छ।

    फौजी किराले बिशेषगरी मकैको गुबा, हरियो तरकारी लगायतको १२२ जातका बाली खान मन पराउँछ । खोटाङमा दुई वर्षअघिबाट फौजी किरा देखिन थालेको कृषि ज्ञान केन्द्र दिक्तेलले जनाएको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology