समायोजन खबर खोटाङ, खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषले आगलागीबाट विस्थापित गणेश फर्निचर उधोगलाई राहत प्रदान गरेको छ। प्राकृतिक विपत्तिमा परेकालाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले स्थापना भएको कोषले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल रत्नपार्कमा अवस्थित उधोगलाई राहत प्रदान गरेको हो।
बुधबार कोषका विशिष्ट सदस्य राजकुमार राईले उधोगका प्रोपाईटर हर्कराज राईलाई घरमै पुगेर १० हजार राहत प्रदान गरेका छन्। राहत प्रदानका लागि विशिष्ट सदस्य राई, कोषाध्यक्ष युगसन किराँत र सदस्य जीवन राई पीडित उधोगीको घर पुगेका थिए।
कोषले आफ्नो मूलधन ३० लाखको ब्याजबाट आएको रकमले आशिंक क्षतिलाई नगद ५ हजार र पूर्ण क्षतिलाई नगद १० हजार राहत वितरण गर्दै आएको छ। आगलागीबाट विस्थापित उधोगीलाई यसअघि माटिकोरे टोलबासीले २५ हजार ६५० रुपैयाँ, सौन्दर्य कला व्यवसायी संघले १० हजार २० रुपैयाँ र खोटाङ उधोग वाणिज्य संघले एक लाख राहत प्रदान गरिसकेको छ । ३१ चैत बिहान ४ बजे विधुत सर्ट भई फर्निचर उधोगमा आगलागी हुंदा ५० लाख ८६ हजारको क्षति भएको थियो।
यस्तै, खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषले आगलागीबाट विस्थापित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथला खाम्लाकी एकल महिला बत्तिमाया विश्वकर्मालाई पनि राहत प्रदान गरेको छ।
६ बैशाखमा आगलागी हुंदा पूर्णरुपमा घर झलेपछि विस्थापित विश्वकर्मालाई १० हजार राहत प्रदान गरिएको खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषका कोषाध्यक्ष युगसन किराँतले जानकारी दिए।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology