समायोजन खबर खोटाङ, खोटाङको बराहपोखरी गाउँपालिकाको एक जनालाई कोरोना संक्रमण पूष्टि भएको छ। संक्रमति बराहपोखरीको भए पनि तराईमा बसोबास गर्दै आएको हुनसक्ने अनुमान गरिएको छ । संक्रमितको नाम खुलाइएको छैन।
यस्तै, आज प्रदेश १ मा १८८ जना कोरोना संक्रमित थपिएका छन्। मोरंगमा ८३, सुनसरीमा ४०, झापामा २५, धनकुटामा ५, उदयपुर र इलाममा ४–४, भोजपुर, खोटाङ, संखुवासभा र ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिरका २३ जनामा संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३१ हजार ८३४ पुगेको छ । संक्रमित भएका मध्ये २९ हजार ९७७ पुगेको छ । सक्रिय संक्रमितको संख्या १ हजार ३७३ पुगेको छ।
प्रदेश १ मा आज ७७४ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ७१ महिला र ११७ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology