समायोजन खबर खोटाङ, प्रदेश १ मा आज १३६ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ६८, झापामा २१, सुनसरीमा २०, संखुवासभामा ९, धनकुटा र इलाममा ३–३, ते¥हथुम, ताप्लेजुङ र ओखलढुङ्गामा १–१ र प्रदेश १ बाहिरका ९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
मोरंगको विराटनगरमा ५९, रंगेलीमा २, ग्रामथान, जहदा, पथरीशनिश्चरे,रतुवामाई, कटहरी, धनपालथान र उर्लाबारीमा १–१, झापाको विर्तामोडमा ७, झापा गाउँपालिकामा ४, अर्जुनधारामा ३, शिवसताक्षी, हल्दिबारी र भद्रपुरमा २–२, गौरीगञ्जमा १, सुनसरीको धरानमा १०, इटहरीमा ४, बर्जुमा २, रामधुनी, दुहवी, इनरुवा र स्थानीय तह नखुलेका १–१, संखुवासभाको खाँदबारीमा ८ , स्थानीय तह नखुलेका १, धनकुटाको धनकुटा नगरपालिकामा ३, इलामको इलाम नगरपालिकामा २ र स्थानीय तह नखुलेका १, ते¥हथुममा १, ताप्लेजुङमा १, ओखलढुङ्गाको सिद्धिचरणमा १ र प्रदेश १ बाहिरका ९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३१ हजार ३२२ पुगेको छ । संक्रमित मध्ये २९ हजार ९४४ जना संक्रमणमुक्त भएका छन्। सक्रिय संक्रमितको संख्या ८९९ पुगेको छ। प्रदेश १ मा आज ४३८ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ४२ महिला र ९४ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology