समायोजन खबर खोटाङ, महाभुकम्प पछाडी खोटाङमा ७ हजार बढि लाभग्राहीले तेश्रो किस्ता पाएका छन्। २०७२ सालको भुकम्प र पराकम्पपछि निजी आवासतर्फ पुनर्निर्माण र प्रवलिकरणमा समेटिएका विभिन्न स्थानका ७ हजार ७ सय ८३ जना (७८.९९ प्रतिशत) लाभग्राहीले तेश्रो (अन्तिम) किस्ता पाएका हुन्।
छैंटौ गोरखा भुकम्प स्मृती दिवसको अवसरमा जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार खोटाङले आईतबार सगरमाथा होटलमा जिल्लामा क्रियाशिल पत्रकारहरुसँग अन्र्तक्रिया गर्दै खोटाङमा पुनर्निर्माणतर्फ ७ हजार ७८३ जना लाभग्राहीले तेश्रो किस्ता पाईसकेको र १ हजार १०९ जना (११.२५ प्रतिशत)ले तेश्रो किस्ता पाउन बाँकी रहेको जानकारी दिएको छ।
हालसम्म पुनर्निर्माणतर्फ ९ हजार ३१० जना लाभग्राही पहिचान भएकामा ९ हजार ६८ जनाले सम्झौता गरेको, २४२ लाभग्राहीले सम्झौैता नगरेको, ९ हजार ६८ जनाले पहिलो किस्ता लिएको, ८ हजार ८९२ लाभग्राहीले दोश्रो किस्ता लिन बाँकी रहेको र ९६१ लाभग्राहीले दोश्रो किस्ता नलिएको प्राधिकरणका नायब सुब्बा मणिराम ढकालले बताए । ढकालका अनुसार प्रवलिकरणतर्फ ९७१ जना लाभग्राही पहिचान हुंदा ७८५ लाभग्राहीले मात्रै सम्झौता गरेर पहिलो किस्ता लगिसकेका छन् । अन्यले सम्झौता नै गरेका छैनन्।
५ जना भूमिहीन लाभग्राही पहिचान भएकामा ४ जना लाभग्राहीलाई जग्गा खरिद गर्न दुई लाख दिइएको छ । १ जना लाभग्राहीको मृत्यु भएको छ । जोखिम वर्गका ३९ जना लाभग्राही पहिचान हुंदा ३७ जनाले सम्झौता गरेको, ३७ जनाले पहिलो, २४ जनाले दोश्रो र २२ जनाले तेश्रो किस्ता लिएका छन् । उनीहरुले दुई लाख पाउनेछन्।
प्राधिकरणले दोहोरो भुक्तानी, अन्य ‐बैंक सन्ड्री लगायत) र स्वेच्छा गरी ६२ लाख रकम लाभग्राहीबाट फिर्ता लिएको छ । ५२४ जना लाभग्राही प्रवलिकरणबाट पुनर्निमार्ण गाँभिएका छन्।
यस्तै, प्राधिकरणको २१ करोड १ लाख ८८ हजार १५३ रुपैयाँ बजेटबाट निर्माण भईरहेको दिक्तेल–खानीडाँडा–रेग्मीटार सडकको काम सुस्त गतिमा भईरहेको पाईएको छ । याक्थुम्हाङ साप सिरुवा जेभिले २०७५ असोज १ मा सम्झौता गरेर २०७६ चैत ७ गते सक्ने गरी काम गरे पनि कामको प्रगति सन्तोषजनक नरहेको प्राधिकरणका ईन्जिनियर चञ्चल कुमार झाले बताए । झाका अनुसार जेभीले एक वर्ष म्याद गुजारेर पुनः वर्षदिन थपेको म्याद सकिन १७ दिन बाँकी हुंदा ४८ प्रतिशत भौतिक प्रगति भएको छ।
यसैगरी, प्राधिकरणले आर्थिक वर्ष २०७७/०७८ मा पुनर्निमार्णतर्फ ३ वटा गुम्बा निर्माण गरिरहेको छ । ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्कमा बुद्धछोलिङ गुम्बा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ दिक्तेल मुढेमा थाक्छोक मेन्ट्रोल साम्तेन छोलिङ गुम्बा उपभोक्ता समितिबाट निर्माण भईरहेको र केपिलासगढी गाउँपालिकाको फेदीमा तेछेन छोलिङ गुम्बा निर्माणको लागि टेण्डर प्रक्रिया भईरहेको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology