समायोजन खबर खोटाङ, खोटाङमा सवारी नियम उल्लंघन गरी सवारी चलाउनेको संख्या बढेको पाईएको छ । चालकले मादक पदार्थ सेवन गरी सवारी चलाउने, सवारी चालक अनुमतिपत्र बिना सवारी चलाउने, जथाभावि पार्किङ गर्ने, लेनको पालना नगर्नेजस्ता कार्य बढेको पाईएको हो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय दिक्तेलले महिना दिनमै सवारी नियम उल्लंघन गर्ने सवारीबाट करीव साँढे तीन लाख राजस्व संकलन गरेको छ । ट्राफिक प्रमुख तिलक पौडेलका अनुसार गएको चैत महिनामा सवारी नियम उल्लंघन गरी सवारी चलाउने ५३३ जनाबाट तीन लाख ४४ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरिएको छ।
पौडेलका अनुसार महिना दिनमा १३१ वटा ट्रकबाट ६४ हजार ५ सय, २८ वटा बसबाट १७ हजार, १३४ वटा जिप, कार, भेनबाट ७७ हजार ५ सय, १७५ वटा मोटरसाईकलबाट १ लाख ३७ हजार, ११ वटा ट्याम्पो(अटो)बाट ९६ हजार, १२ वटा टिफरबाट १० हजार, ३९ वटा ट्याक्टरबाट २६ हजार ५ सय र अन्य ३ बाट ३ हजार रुपैयाँ राजश्व संकलन भएको छ।
यो राजस्व संकलन फागुनको तुलनामा ५५ हजार बढी हो। फागुनमा ४७१ वटा सवारी कारवाहीमा परेका थिए । कारवाहीमा परेका सवारी साधनबाट २ लाख ८९ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको थियो।
चैत महिनामा दुई वटा सवारी दुर्घट्ना भएको छ । मोटरसाईकल र ट्याक्टर दुर्घट्ना हुंदा मोटरसाईकल चालक सामान्य घाईते भएको ट्राफिक प्रहरीसँग तथ्याङ्क छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दिक्तेलमा १० जना ट्राफिक प्रहरीको दरबन्दी भए पनि हाल ८ जनाले काम गरिरहेका छन्। हलेसी, अर्खौले, नुनथलामा एक/एक जना र सदरमुकाम दिक्तेलमा ५ जना ट्राफिक प्रहरीले ड्युटी गरिरहेको ट्राफिक प्रमुख पौडेलले बताए।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology