समायोजन खबर खोटाङ, रदेश नं १ का सामाजिक विकासमन्त्री उषाकला राईले सीमा नाका व्यवस्थित गर्न निर्देशन दिनुभएको छ । मन्त्री राईले भारतमा कोरोना सङ्क्रमण बढेसँगै सीमावर्ती विराटनगर रानी र त्यसक्षेत्रको आसपासको क्षेत्रबाट आवागमन बढेपछि आज स्थलगत अनुगमन गर्दै सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीलाई उक्त निर्देशन दिनुभएको हो।
भारतमा कोरोना सङ्क्रमण तीव्ररूपमा बढीरहेको अवस्थामा सीमा क्षेत्रबाट नेपाल प्रवेश गर्नेको भीड लाग्ने गरेको पाइएकोले सरकारको निर्देशनअनुसार कार्य गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। मन्त्री राईले सीमा क्षेत्रबाट नेपाल प्रवेश गर्नेको रेकर्ड राख्न, स्वास्थ्य परीक्षण गर्न निर्देशन दिनुभयो।
उहाँले दैनिक अत्यधिक सङ्ख्यामा मानिस नेपाल प्रवेश गरेको पाइएको छ भन्दै अविलम्व नियन्त्रण गर्नुपर्ने आवश्यक्ता आंैल्याउनुभयो। मन्त्री राईले सीमा क्षेत्रमा चोरवाटो प्रयोग गर्नेलाई नियन्त्रण गर्न जोड दिँदै मुख्य नाकाबाट मात्र आवाज–जावतको व्यवस्था मिलाउन निर्देशन दिनुभयो।
शसस्त्र प्रहरी वलका प्रहरी उपरीक्षक तीर्थ पौडेलले सीमा नाकामा सुरक्षा जाँच कडा गरेको र शंकास्पदको चेकजाँच गरी सम्वन्धित निकायमा जानकारी गराउने गरेको मन्त्री राई समक्ष जानकारी गराउनुभयो । उहाँले पहिलेको तुलनामा सीमा क्षेत्रमा आवतजावत गर्ने कार्य नियन्त्रण हुँदै गएको बताउनुभयो।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology