समायोजन खबर खोटाङ, खोटाङमा सुमो जिप दुर्घट्ना हुंदा तीनजना घाईते भएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित पूरानो गाउँमा ना १ ज २१४ नम्बरको टाटा सुमो जिप दुर्घट्ना हुंदा एक गम्भीर र दुई जना सामान्य घाईते भएका छन्।
केपिलासगढी गाउँपालिका–४ बाक्सिलाबाट हलेसीतर्फ जाँदै गरेको जिप शुक्रबार बिहान ७ : ४५ वजे पूरानो गाउँमा ब्रेकफेल भई पल्टिदा जिपमा सवार १० जनामध्ये बाक्सिलाका ३८ वर्षीय पन्त श्रेष्ठ र सुङदेलका २६ वर्षीय केवल केयु राई सामान्य घाईते र बाक्सिलाकी २२ वर्षीया सपना तामाङ गम्भीर घाईते भएको प्रहरीले जनाएको छ।
घाईते तीनैजनाको जनसेवा सामुदायिक अस्पताल जालपामा उपचार गरिए पनि तामाङलाई थप उपचारका लागि काठमाण्डौ रिफर गरिएको छ । श्रेष्ठ र राई सामान्य उपचारपछि घर फर्केको प्रहरीले जानकारी दिएको छ।
यस्तै, बिहीबार राती साढे ९ वजे जालपाको छिप्तीमा बेहुला बेहुलीसहित आफन्त बोकेको ना १ ज ६२१९ नम्बरको टाटासुमो जिप दुर्घट्ना हुंदा चालकसहित १० जना घाईते भएका छन्।
जालपा छिप्तीका २२ वर्षीय बेहुला टंक तामाङ, बेहुली ऐसेलुखर्क गाउँपालिका–७ माक्पाकी दिपकला तामाङ, जालपाकै ९ वर्षीया प्रिति तामाङ, जन्तेढुंगा गाउँपालिका–५ चिसापानीका २७ वर्षीया कविता तामाङ, रावाबेंशी गाउँपालिका–६ हौचुरका ६३ वर्षीय जय बहादुर तामाङ, चालक सोलुखुम्बु दुधकुण्ड नगरपालिकाका विजय कार्की सामान्य घाईते भएका छन्।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका १४ वर्षीय अनिस तामाङ, सोही स्थानका ६३ वर्षीय खड्ग बहादुर तामाङ, नुनथलाका ६५ वर्षीय जित बहादुर तामाङ, ऐसेलुखर्क गाउँपालिका–३ ऐेसेलुखर्कका ४४ वर्षीया बुद्धिमाया तामाङ, ऐेसेलुखर्कका ९ वर्षीय प्रविण तामाङ सामान्य घाईते भएका छन् । उनीहरुको जनसेवा सामुदायिक अस्पताल जालपामा उपचार भईरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दिक्तेलका प्रमुख तिलक पौडेलले जानकारी दिए।
ऐसेलुखर्क गाउँपालिका–७ माक्पाबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपा छिप्ती आउँदै गरेको जिप छिप्तीमा टर्निङ मोड्ने क्रममा सडकबाट करीब ४० मिटर तल झरेर दुर्घट्ना भएको थियो।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology