• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

समाज परिवर्तनका लागि स्काउटको भूमिका महत्वपूर्ण : मन्त्री राई

समाज परिवर्तनका लागि स्काउटको भूमिका महत्वपूर्ण : मन्त्री राई


समायोजन खबर
  • सोमबार, बैशाख ६ २०७८

  • समायोजन खबर खोटाङ, प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले समाज परिवर्तनका लागि स्काउटको भूमिका महत्वपूर्ण रहेको बताउनु भएको छ । उहाँले मर्यादित राष्ट्र बनाउने काममा स्काउटको भूमिका आवस्यक रहेको बताउनुभयो।

    नेपाल स्काउट प्रदेश समितिले आयोजना गरेको दीक्षान्त समारोहमा मन्त्री राई ले सो कुरा बताउनु भएको हो । उहाँले प्रत्येक बालबालिकालाई स्काउट शिक्षा आवस्यक रहेकोमा जोड दिनुभयो । प्रदेशका विद्यालयमा स्काउट शिक्षा लागू गराउनका लागि आफु प्रतिबद्ध रहेको समेत उहाँले बताउनुभयो । मन्त्री राईले भन्नुभयो,‘ मानव जीवनलाई समृद्ध बनाउने काम स्काउटले गर्छ ।’

    सामाजिक विकास मन्त्रीमा नियुक्त भएपछि नेपाल स्काउट प्रदेश समितिले आज मन्त्री राईलाई दीक्षित गरेको हो । सामाजिक विकास मन्त्रालयमा आयोजित दीक्षान्त समारोहमा मन्त्री राईलाई नेपाल स्काउट ऐन बमोजिम प्रदेश प्रमुख स्काउटका रुपमा दीक्षित गरेको हो ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology