समायोजन खबर खोटाङ, खोटाङ यातायात प्रालिले मिर्चैया–कटारी–घुर्मि सडकखण्डमा अनिश्चितकालिन यातायात सेवा बन्द गरेको छ । खोटाङ, ओखलढुंगा र सोलुखुम्बु जोड्ने सडक लामो समयदेखि जिर्ण अवस्थामा रहंदा पनि स्तरोन्नतिमा सम्बन्धित निकायको ध्यान नगएको भन्दै अनिश्चितकालिन यातायात सेवा बन्द गरेको हो।
सिद्धिचरण राजमार्ग(सगरमाथा हाई–वे) जिर्ण हुंदा विभिन्न समयमा उक्त राजमार्गको स्तरोन्नतिको लागि यातायात व्यवसायी, उधोग वाणिज्य संघ, स्थानीय सरोकारवाला, राजनीतिक दल, पत्रकार लगायत सरोकारवाला सबैले गर्दै आएको पहल कदमीहरुलाई सम्बन्धित निकायहरुले उचित ध्यान नदिएको र सामान्य सुधारका कार्य समेत नगर्दा एम्बुलेन्स बाहेकका सबै यातायात सेवा बन्द गरिएको खोटाङ यातायात प्रालिका अध्यक्ष टेकेन्द्र राई र महासचिव रामकुमार हिङमाङले सोमबार जारी गरेको प्रेस विज्ञप्तीमा जनाइएको छ।
भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय सडक डिभिजन कार्यालय लाहानलाई आर्थिक वर्ष २०७८/०७९ को बजेटमा मिर्चैया–कटारी–घुर्मि सडकखण्डमा दुई लाईन सडक विस्तार तथा कालोपत्रेको लागि स्टामेट बमोजिम बजेट सुनिश्चित गर्न भनिएको छ । यातायात व्यवसायीहरुको मागहरुलाई सम्बन्धित निकायले समयमै पूरा नगरेमा थप आन्दोलनका कार्यक्रमहरु अगाडी बढाईने प्रालिका अध्यक्ष राईले बताए ।
जिर्ण भएको सडक स्तरोन्नतिमा सम्बन्धित निकायको ध्यान नजाँदा जोखिमपूर्ण सडक यात्रा गर्नु परिरहेको, वर्षेनी ठूलो धनजनको क्षति समेत व्यहोरिरहनु परेको र सडकको दायाँवायाँका वस्तीलाई समेत प्रत्यक्ष असर पार्दै मानव स्वास्थ्यमा नै प्रतिकूल असर परिरहेको यातायात व्यवसायीहरुको गुनासो छ । यातायात व्यवसायीको यो कमदलाई सामाजिक सञ्जालमार्फत सबैले समर्थन जनाईरहेको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology