समायोजन खबर खोटाङ, खोटाङको ऐसेलुखर्क गाउँपालिकाले निःशुल्क जग्गादान गर्ने दाताहरुलाई सम्मान गरेको छ। प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्कको पछाडी निर्माण हुने १५ शैयाको अस्पताल निर्माणका लागि जग्गादान गर्ने दाताहरुलाई बिहीबार सम्मान गरेकोे हो।
अस्पताल निर्माणका लागि ७ रोपनी ८ आना शुन्य पैसा १ दाम जग्गा दिने ऐसेलुखर्कका पर्शु राजभण्डारी, ६ रोपनी १३ आना २ दाम २ पैसा जग्गा दिने ऐसेलुखर्कका रामकुमार कालिकोटे, ५ रोपनी जग्गा दिने ऐसेलुखर्कका प्रभुनारायण राजभण्डारी, २ रोपनी जग्गा दिने ऐसेलुखर्कका विष्णु राजभण्डारी र १ रोपनी १२ आना जग्गा दिने स्व.गोविन्द राजभण्डारीका श्रीमती सोही ठाउँका लक्ष्मीदेबी राजभण्डारी श्रेष्ठलाई सम्मान गरिएको गाउँपालिकाका आईटी अफिसर सिजन राईले जानकारी दिए। उनीहरुबाट २३ रोपनी १ आना २ दाम ३ पैसा जग्गा अस्पताललाई निःशुल्क प्राप्त भएको छ।
ऐसेलुखर्कका वडाध्यक्ष राजेश राजभण्डारीको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा जग्गादाताहरुलाई गाउँपालिका अध्यक्ष विश्वनाथ निरौला र उपाध्यक्ष पुष्पकला भुजेलले दोसल्ला र ढाका टोपी ओढाई सम्मान पत्र प्रदान गरेर सम्मान गरेको थियो । संघीय सरकारको १८ करोड वजेटमा निर्माण हुने अस्पतालको प्रदेश नं. १ का प्रदेशसभा सदस्य राजन राईले यसअघि नै शिलान्यास गरिसकेका छन्।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology