समायोजन खबर खोटाङ, प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले कोभिड अस्पताललाई तयारी अवस्थामा राखिएको बताएकी छन् । प्रदेश १ मा कोरोना संक्रमण बढ्दै गएपछि कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रलाई तयारी अवस्थामा राखिएको उनले बताईन्।
सोमबार कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रको अनुगमन गर्दै उनले तत्कालका लागि १८० वेड तयारी अवस्थामा रहेको बताईन्। आवस्यकता अनुसार जिल्ला स्तरमा पनि कोभिड अस्पताल निर्माण गरिने र सीमा नाकामा आवस्यक सर्तकता अपनाउनका लागि निर्देशन दिईएको समेत बताईन् । कोभिड अस्पतालमा उपचारको प्रवन्ध गर्न उनले निर्देशन दिईन् । ‘कतैबाट गुनासो आउनु भएन ।’ मन्त्री राईले भनिन्।
सामाजिक विकास मन्त्रालयका सचिव गोविन्द कार्कीले संक्रमणको दर बढेको बताए । चैत २० पछिको १० दिनको अवधिको संक्रमण दर बढेको उहाँले बताए । सचिव कार्कीले भने,‘ देशव्यापीमा बृद्धि भएको दरकै अनुपातमा संक्रमण बढेको छ ।’ कोरोनाको पुनराबृत्ति भएको देखिएको उनले बताए । संक्रमण दर बढेसँगै अस्पताल, आईसोलेसन केन्द्रहरुलाई तयारी अवस्थामा राखिएको मन्त्रालयका सचिव कार्कीले बताए।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology