• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

आगलागीबाट एक परिवार बिस्थापित

आगलागीबाट एक परिवार बिस्थापित


समायोजन खबर
  • आइतबार, चैत्र २९ २०७७

  • आगलागीमा जलेको प्रकाश राईको घर ।

    समायोजन खबर खोटाङ, खोटाङको जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङका एक परिवार आगलागीबाट बिस्थापित भएका छन् । घरमा कोही नभएको अवस्थामा शुक्रबार राती करिब १ बजेको समयमा साविकको दिप्लुङ–५ निवासी प्रकाश राईको घरमा आगलागी भएको हो।

    आफ्नो बुवा यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेकै रात घरमा आगलागी भएको हो । बुवा यौन दुव्र्यवहार आरोपमा पक्राउ परेपछि सपरिवार आफन्तकोमा बास बसेको अवस्थामा प्रकाशको घरमा आगलागी भएको स्थानीय युवा नेता जगत किरातीले जानकारी दिए।

    आफन्तको घरमा बसेको रात घरमा आगलागी भएपछि घट्नालाई शंकास्पद मानिएको स्थानीयको भनाई छ । आगलागीमा घर, घरमा भएका अन्न, भाँडाकुँडा, कागजात लगायत जल्दा करिब ४ लाख बराबरको क्षती भएको अनुमान गरिएको प्रहरीले जनाएको छ । गलागीबाट बिस्थापित ६ जनाको परिवार हाल गोठमा बसिरहेका छन्।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology