समायोजन खबर खोटाङ, खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङमा एकैदिन दुई वटा विद्यालय भवन उद्घाटन गरिएको छ। आईतबार बुलापन्थे माध्यमिक विद्यालयको दुई वटा सुविधायुक्त विद्यालय भवनको उद्घाटन गरिएको हो।
भवनको हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राईले उद्घाटन गरेका हुन् । जिल्ला शिक्षा समन्वय ईकाइको ३६ लाख वजेटमा दुई तले चार कोठे र जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा)को ७० लाख वजेटमा दुई तले चार कोठे भवन निर्माण भएको छ।
नगरपालिकाभित्रका विद्यालयहरुमा सुविधा सम्पन्न भवनहरु निर्माण भएपछि पठनपाठनमा सहज हुने नगरप्रमुख राईले बताए। यसैविच, विद्यालय भवन निर्माणका लागि निःशुल्क जग्गा दान गर्ने दातालाई सम्मान गरिएको छ । जग्गादाता अमृतमान राई र तुलसीराज राईलाई सम्मान गरिएको हो ।राईद्धयले आफ्नो मातापिताको सम्झनामा तीन रोपनी १२ आना तीन दाम जग्गा निःशुल्क उपलव्ध गराएको थियो।
यो पनि पढ्नुहोस,भूकम्पपछि १०६ वटा विद्यालय भवन निर्माण
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology