समायोजन खबर खोटाङ, गायक धनिराम राई नछुङको ‘आउछु भन्थ्यौ चौतारीमा’ बोलको गीत सार्वजनिक भएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ दिक्तेल सोल्मा निवासी राईको आधुनिक विधाको गीत युट्युवमार्फत सार्वजनिक भएको हो।
गायक राई र सविता प्रयासले लेखेको गीतमा राईकै स्वर रहेको छ। संगीत पनि उनैले भरेका छन्। गीतको म्युजिक भिडियोमा आफैले अभिनय गरेका छन्। सुमन मगरले भिडियो खिचेका हुन्।
नेपाली लोकगीत, आधुनिक गीत रचना गर्दै स्वर भर्दै आएका राईले हालसम्म दर्जन गीत वजारमा ल्याईसकेका छन्।
भिडियो :https://www.youtube.com/watch?v=1nwYdnU6qp8
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology