• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

ऐसेलुखर्क गाउँपालिकामा ज्येष्ठ नागरिक सम्मान र सुत्केरी महिला भेटघाट कार्यक्रम

ऐसेलुखर्क गाउँपालिकामा ज्येष्ठ नागरिक सम्मान र सुत्केरी महिला भेटघाट कार्यक्रम


समायोजन खबर
  • शनिबार, चैत्र २८ २०७७

  • ज्येष्ठ नागरिकलाई दोसल्ला ओढाई सम्मान गर्दै गाउँपालिका अध्यक्ष विश्वनाथ निरौला।

    समायोजन खबर खोटाङ, खोटाङको ऐसेलुखर्क गाउँपालिकाले ज्येष्ठ नागरिक सम्मान र सुत्केरी महिला भेटघाट कार्यक्रम सुरु गरेको छ। समाजका अग्रज तथा दिग्गजको स्वास्थ्य अवस्था बुझ्न र सुत्केरी महिलालाई स्वास्थ्यकर पौष्टिक खाना वितरण गर्ने उद्देश्यले भेटघाट कार्यक्रम सुरुवात गरेको हो।

    शुक्रबार ऐंसेलुखर्क र माक्पाका ज्येष्ठ नागरिकलाई सम्मान र सुत्केरी महिलालाई पौष्टिक खाना वितरण गरेर भेटघाट कार्यक्रमको सुरुवात गरिएको गाउँपालिकाका आईटी अफिसर सिजन राईले जानकारी दिए। ऐसेलुखर्क र माक्पामा भएको कार्यक्रममा उपस्थित ज्येष्ठ नागरिकलाई दोसल्ला ओढाई सम्मान तथा गएको साउनयता स्वास्थ्य संस्थामा सुत्केरी भएका महिलालाई स्थानीय घ्यु, अण्डा, गेडागुडी, नुहाउने साबुन, कपडा धुने साबुन, वच्चालाई पाउडर र नुहाउने साबुन वितरण गरिएको छ।

    ऐसेलुखर्क र माक्पका ४९/४९ जना ज्येष्ठ नागरिक तथा ऐसेलुखर्कका ३१ र माक्पाका ७ जना जना सुत्केरी महिलालाई गाउँपालिका अध्यक्ष विश्वनाथ निरौला, उपाध्यक्ष पुष्पकला भुजेल, सम्बन्धीत वडाका वडाध्यक्ष लगायतले दोसल्ला ओढाई सम्मान र खानेकुरा वितरण गरेका थिए।

    सातै वडाका ८० वर्षमाथिका ज्येष्ठ नागरिक र सुत्केरी महिला भेटघाट कार्यक्रम अन्तर्गत शनिबार (आज) ज्यामिरे, आईतबार जलेश्वरी, महेश्वरी तथा सोमबार राखाबाङदेल र बाकाचोलका ज्येष्ठ नागरिक र सुत्केरी महिलासँग भेटघाट कार्यक्रम तय गरिएको महिला, वालवालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख चन्द्रकला राईले बताईन्।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology