समायोजन खबर खोटाङ, खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषले अग्नि पीडित पाँच परिवारलाई राहत प्रदान गरेको छ । कोषले खोटेहाङ गाउँपालिका–७ खोटाङवजार रातमाटा र पूरानोगाउँका पीडितहरुलाई बिहीबार राहत प्रदान गरेको हो।
रातमाटाका उद्धव भुजेल, नरवहादुर भुजेल, यामवहादुर भुजेल तथा पूरानोगाउँका छविलाल ढकाल र डम्बरप्रसाद गेलालको परिवारलाई जनही दश हजार राहत प्रदान गरिएको खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषका कोषाध्यक्ष युगसन किराँतले जानकारी दिए।
पीडित परिवारलाई खोटाङवजारका वडा सदस्य केदार प्रसाद ढकालको रोहवरमा कोषका खोटेहाङ गाउँपालिका प्रतिनिधि ईन्द्र नारथुङेले प्रदान गरेका हुन् । २२ चैतमा नजिकैको जंगलमा लागेको डढेलो गाउँ पस्दा ढकाल, गेलाल र तीन भुजेलको घर पूर्णरुपमा जलेर नष्ट भएको थियो।
राहत प्रदान गर्दै कोषले पीडित पाँच परिवारलाई सान्त्वना प्रदान गरेको छ । प्राकृतिक प्रकोप पीडितहरुलाई सहयोग गर्ने लक्ष्यले खोटाङ समाज हङकङको सक्रियातमा २०७४ फागुन १३ गते स्थापना कोषले हालसम्म ८६ परिवारलाई राहत प्रदान गरेको कोषका कोषाध्यक्ष किराँतले जानकारी दिए।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology