समायोजन खबर खोटाङ, देशभर पछिल्लो २४ घण्टामा थप ३३२ कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय चार हजार छ जनाको स्वास्थ्य परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।
आजसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ७९ हजार १०० पुगेको छ । त्यस्तै पछिल्लो समय थप ७९ जना निको भएका छन् । यो सँगै निको हुनेको सङ्ख्या दुई लाख ७३ हजार ६०८ रहेको छ । निको हुने दर भने ९८ प्रतिशत रहेको छ ।
अहिले देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ४५४ रहेको छ । उनीहरुमध्ये ७७ जना क्वारेन्टिनमा रहेका छन् भने अन्य आइशोलेशनमा रहेका छन् ।
हालसम्म नेपालमा २३ लाख दुई हजार १७३ को पिसिआर परीक्षण भएको छ । त्यस्तै तीन हजार ३८ ले कोरोनाको कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोनाको कारण कसैको पनि मृत्यु भएको छैन।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology