समायोजन खबर खोटाङ, नेपाल पत्रकार महासंघ खोटाङ शाखा अध्यक्षमा दिलीप खत्री निर्विरोध विजयी भएका छन् । बुधबार भएको महासंघको २६ औं महाधिबेशनवाट खत्री विजयी भएका हुन्।
खत्रीको अध्यक्षतामा १२ सदस्यीय नयाँ समिति वनेको छ । समितिको उपाध्यक्षमा टिवन राई, महिला उपाध्यक्षमा कृष्णकला राई, सचिवमा लोकमणि रिजाल विजयी भएका छन्।
नयाँ कार्य समिति सामूहिक तस्विरमा ।
खुल्ला सह–सचिवमा चिसाङ शेर्पा, समावेशी सह–सचिवमा उमेश (पदम) भुजेल, कोषाध्यक्षमा भूमिका न्यौपाने विजयी भएका छन् । यस्तै, सदस्यमा, खेमराज अधिकारी, दिवस रिजाल, दिनराज कार्की, सूर्य तामाङ छन्।
अध्यक्ष, खुल्ला सह–सचिव, समावेशी सह–सचिव, कोषाध्यक्ष, आदिवासी जनजाति पद निर्विरोध विजयी भए पनि उपाध्यक्ष, महिला उपाध्यक्ष, सचिव र चारजना सदस्य पदमा निर्वाचन भएको थियो।
को हुन्, खत्री ?
२०६० सालदेखि पत्रकारिता सुरु गरेका खत्री २०६१ सालदेखि २०६७ सालसम्म नेपाल पत्रकार महासंघको जिल्ला शाखा खोटाङको उपाध्यक्ष, २०६७ सालदेखि २०७५ सालसम्म नेपाल प्रेस युनियनका जिल्ला अध्यक्ष लगायतका जिम्मेवारी वहन गरेका खत्रीले नेपाल टेलिभिजन, रासस, अन्नपूर्ण पोष्ट, दि हिमालय टाईम्स, रेडियो नेपाल लगायतका मूलधारका सञ्चार माध्यममा काम गरिसकेका छन्।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा खोटाङका नवनिर्वाचित अध्यक्ष दिलीप खत्री ।
खत्री हाल जिल्लाबाट सञ्चालित खोटाङ टुडे दैनिक, खोटाङखबर साप्ताहिक र रोदिकखबर डटकमका सम्पादक हुन्।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology