समायोजन खबर खोटाङ, खोटाङको ऐसेलुखर्क गाउँपालिका–१ राखाबाङदेलमा तल्लो मध्य रावाखोला हाईड्रोपावर निर्माण हुने भएको छ । ४ मेगावट उत्पादनको आयोजनाको गत आईतबार एक कार्यक्रम गरी शिलान्यास गरिएको छ।
स्थानीयको लगानी र ऐसेलुखर्क गाउँपालिकाको साझेदारीमा निर्माण हुने आयोजनाको गाउँपालिका अध्यक्ष विश्वनाथ निरौलाले शिलान्यास गरेका हुन् । आगामी दुई वर्षमा सम्पन्न हुने आयोजनाका लागि ८२ करोड लागत लाग्ने निर्माण कम्पनी लवर मिड रावाखोला हाईड्रोपावर कम्पनीका अध्यक्ष शम्भु घिमिरेले जानकारी दिए।
हाईड्रोपावरका लागि रावाखोलाको नोक्सेमा ईनटेक बनाएर ४ किलोमिटर पर पेनस्टक पाईपबाट पानी लगेर १४० मिटर तल पिपिचाफेदीमा राखिने टरवाईनमा खसाइनेछ । हाईड्रोपावर निर्माणपछि उत्पादन भएको विजुली राष्ट्रिय प्रशारण लाईनमा जोडिने अध्यक्ष घिमिरेले बताए।
शिलान्यास गरिएको आयोजनाको काम दु्रत गतिमा भए गाउँपालिका शेयरमा बस्ने प्रतिबद्धता सहित वजेटको व्यवस्थापन गरिने गाउँपालिका अध्यक्ष निरौलाले बताए।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology