समायोजन खबर खोटाङ, नेपाल विधुत प्राधिकरण दिक्तेल वितरण केन्द्रले शनिबार हलेसी फिडरमा बत्ती नआउने जनाएको छ ।
हलेसी फिडर अन्तर्गतको हौचुर, खार्मी, जालपा, बाक्सिला, वासपानी, सप्तेश्वर, कुभिण्डे, माक्पा, ऐसेलुखर्क र दिप्सुङ क्षेत्रमा ११ केभी प्रशारण लाईनको हाई टेन्सन लाईन र एलटी लाईनको नजिकका बाँस, रुखका हाँगा बिगा काट्ने तथा मर्मत गर्नुपर्ने भएकाले बत्ती नआउने जनाएको हो ।
प्राधिकरणले सूचना जारी गर्दै शनिबार बिहान ८ वजेदेखी अपरान्ह ४ वजेसम्म बत्ती नआउने जानकारी दिएको छ । हलेसी फिडरबाट हलेसी तुवाचुङ नगरपालिका, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, रावाबेशी गाउँपालिका, केपिलासगढी गाउँपालिकामा विजुली बत्ती विस्तार गरिएको छ ।
लहान गाईघाट हुंदै आएको ३३ केभी प्रशारण लाईन बुईपास्थित सव–स्टेशनमा ल्याएर तीन फिडरमा विभाजन गरिएको छ । प्राधिकरणले दिक्तेल, राजापानी र हलेसी फिडर गरेर ११ केभी प्रशारण लाईनको विजुली बत्ती सप्लाई गर्ने गरेको छ ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology