• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

दिक्तेल बहुमुखी क्याम्पसको प्रशासनिक भवन उद्घाटन

दिक्तेल बहुमुखी क्याम्पसको प्रशासनिक भवन उद्घाटन


समायोजन खबर
  • शुक्रबार, चैत्र २० २०७७

  • नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गर्दै नगरप्रमुख दिपनारायण रिजाल, उपप्रमुख विणादेवी राई लगातय ।

    समायोजन खबर खोटाङ, खोटाङको दिक्तेल बहुमुखी क्याम्पसको प्रशासनिक भवन उद्घाटन गरिएको छ । क्याम्पस हातामा निर्माण सम्पन्न भएको सुविधा सम्पन्न दुई तले पक्की भवन शुक्रबार उद्घाटन गरिएको हो ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको १ करोड २३ लाख लागतमा निर्मित भवन नगरप्रमुख दिपनारायण रिजाल र उपप्रमुख विणादेवी राईले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

    उद्घाटन अघि निर्माण कम्पनी मोहन एण्ड बेंशीगाउँ निर्माण सेवा–रुजन जेभीका प्रतिनिधि जोसेफ रिजालले नगरप्रमुख रिजाल र उपप्रमुख राईलाई भवनको साँचो हस्तान्तरण गरेका थिए । आफूहरुलाई हस्तान्तरण गरिएको भवनको साँचो लगत्तै नगरप्रमुख र उपप्रमुखले क्याम्पस सञ्चालक समिति अध्यक्ष देवीप्रसाद रिजाल र क्याम्पस प्रमुख हिराकुमार राईलाई संयुक्त रुपमा हस्तान्तरण गरेका छन्।
    भवनको पहिलो तलामा सभाहल, शौचालय तथा माथिल्लो तलामा पाटेसन गरेर प्रशासनिक कक्ष निर्माण गरिएको छ । नगरपालिकाले १ करोड ९९ लाखको ठेक्का निकाले पनि निर्माण कम्पनीले ७६ लाख कममा ठेक्का पारेर भवन निर्माण सम्पन्न गरेको हो । वर्षदिनमा भवन निर्माण गर्ने भनि २०७६ जेठ १४ गते सम्झौता गरिए पनि कोभिडका कारण केही पर धकेलिएको निर्माण कम्पनीका प्रतिनिधि रिजालले बताए ।
    नयाँ भवन निर्माण भएपछि क्याम्पसको प्रशासनिक कामकाज सम्पादनमा सहज हुने क्याम्पस प्रमुख राईले बताए । क्याम्पसको उन्नती प्रगतीका लागि वजेट व्यवस्थापनमा जहिले पनि पहिलो पंक्तिमा रहेर नगरपालिकाले सहयोग गर्ने नगरप्रमुख रिजालले बताएका छन् । शैक्षिक क्षेत्रमा नगरपालिकाले ठूलो लगानी गरेको रिजालले दावि गरे।

    २०३७ सालमा स्थापना गरिएको क्याम्पस जिल्लाकै पूरानो क्याम्पस हो । क्याम्पसले त्रिभुवन बिश्वबिद्यालयको सम्बन्धनमा २०७० सालदेखि स्नातकोत्तर तहको कक्षा सञ्चालन गरेको थियो ।नगरपालिकालाई प्रशंसा पत्र प्रदान गर्दै क्याम्पस सञ्चालक समिति अध्यक्ष देवीप्रसाद रिजाल र क्याम्पस प्रमुख हिराकुमार राई।

    यसैविच, क्याम्पसको शैक्षिक विकास तथा विस्तारमा सहयोग पुग्ने गरी अत्याधुनिक सुविधा सम्पन्न दुई तले एकवटा प्रशासनिक पक्की भवन निर्माणार्थ विशेषतः नगरप्रमुख तथा उपप्रमुखले वजेट विनियोजन गर्न प्रमुख भूमिका निर्वाह गरेको भन्दै क्याम्पसले नगरपालिकालाई प्रशंसा पत्र प्रदान गरेको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology