समायोजन खबर खोटाङ, खोटाङमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को कार्यालय स्थापना गरिएको छ । केही समयअघि सर्वोच्च अदालतले माओवादी केन्द्र ब्यूँताइदिएपछि पार्टी कार्यालयको स्थापना गरिएको हो ।
दिक्तेलस्थित भवनगैरामा स्थापना गरिएको पार्टी कार्यालय बिहीबार नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका केन्द्रीय सदस्य रामकुमार राई पासाङले व्यानर वाचन गरेर उद्घाटन गरेका छन् ।
चैत ११ र १२ गतेको जिल्ला कमिटि विस्तारित बैठकपछि कार्यालयको स्थापना गरिएको पार्टी अध्यक्ष पृथ्वी किराँतले बताए । अब पार्टीको सम्पूर्ण गतिविधि पार्टी कार्यालयवाट सञ्चालन हुनेछ ।
यस्तै, विस्तारित वैठकले सवै कमिटिहरु पुर्नःताजकि वनाउन महिना दिनसम्म नेता कार्यकर्ताहरु पालिकामा खट्ने निर्णय पनि गरेको छ । वैठकले दुई नगरपालिका र आठ गाउँपालिका संयोजक पनि तोकेको छ ।
वराहपोखरी गाउँपालिकामा ताराकान्त राई, जन्तेढुंगा गाउँपालिकामा बद्री राई, खोटेहाङ गाउँपालिकामा ईन्द्र नारथुङगे, दिप्रुङ चुईचुम्मा गाउँपालिकामा राजेन्द्र राई, साकेला गाउँपालिकामा मोहन खत्री, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा विशन राई, हलेसी तुवाचुङ नगरपालिकामा गोपाल दाहाल, केपिलासगढी गाउँपालिकामा रामकाजी राई, रावाबेंशी गाउँपालिकामा राजन मगर र ऐसेलुखर्क गाउँपालिकामा रमेशराज भण्डारीलाई पालिका संयोजक तोकिएको अध्यक्ष किराँतले जानकारी दिए ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology