• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

राईले संगीत भरेको गीतले गिनिज बुकमा नाम लेखायो

राईले संगीत भरेको गीतले गिनिज बुकमा नाम लेखायो


समायोजन खबर
  • बिहिबार, चैत्र १२ २०७७

  • संगीतकार एवं गायक बिक्रम राई ।

    समायोजन खबर खोटाङ, खोटाङको ऐसेलुखर्क गाउँपालिका–१ राखावाङदेलका संगीतकार एवं गायक बिक्रम राईले संगीत भरेको गीतले गिनिज बुकमा नाम लेखाउन सफल भएको छ । राईले संगीत भरेको ‘गोक्यो रि’ बोलको गीतले गिनिज बुकमा नाम लेखाउन सफल भएकोे हो ।

    गिनिज बुकमा नाम लेखाउने लक्ष्यले पाँच जना निर्माता टोलि रहेका युवाहरुले गोक्याको चार हजार ८१३ मिटरमा लाईभ बाजासहित अडियो रेकर्ड तथा सोही ठाउँमा म्युजिक भिडियो छायांकन गरेर गीतको निर्माण गरेका थिए ।

    राईले आफैले मादल बजाएका थिए । उक्त गीतको अडियो रेकर्ड गराउन राई आफै कलाकार टोलि र अन्य टिमसहित पर्यटन क्षेत्रको उद्गम थलो गोक्योतर्फ गत १७ कार्तिकमा प्रस्थान गरेका थिए ।

    नेपाली गीत संगितमा फ्रेन्चाई शो हुनु भन्दा अगाडिको पहिलो नेपाल आईडलको बिजेता समेत रहेका राई अहिले चर्चामा छन् । राईको संगीत रहेको गोक्यो री नामक गीतले गिनिज बुकमा नाम लेखाएसंगै नेपाली गीतसंगीत क्षेत्रले विश्वब्यापि मान्यता पाएको छ ।

    मिलन किराँतीले लेखेको गीतलाई बबिना राईले स्वर दिएकी छन् । गीतको म्युजिक भिडियो दुर्लभ जन्तरे (बुद्धि राज राई)ले निर्देशन गरेका हुन् । म्युजियक भिडियोमा गायिका तथा मोडेल बबिना किराँती, मोडल अनिश सिङ्जाली मगर, बाल कलाकार रायल राई लगायतले अभिनय गरेका छन् । छायांकन तथा सम्पादन ईशक जबेगुले गरेका हुन् ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology