समायोजन खबर खोटाङ, खोटाङमा हुने दोश्रो जिल्ला अन्तर क्लव पुरुष फुटवल प्रतियोगिताको पहिलो खेल खोटाङ फुटवल एकेडेमी र योङ व्वाइज युनाइटेड फुटवल क्लवविच हुने भएको छ । खोटाङ फुटवल एकेडेमीले बुधबारबाट दिक्तेलस्थित माटिकोरे खेलमैदानमा आयोजना गर्ने प्रतियोगितामा उक्त दुई टिमविच प्रतिस्पर्धा हुने भएको हो ।
मंगलबार एकेडेमीको कार्यालय माटिकोरेमा खेल तालिका सार्वजनिक गर्दै प्रतियोगिताको दोश्रो खेल नेर्पा स्पोर्टस क्लव र रुपाकोट फुटवल क्लव, तेश्रो खेल गुप्तेश्वर फुटवल क्लव र बाम्राङ फुटवल क्लव, चौथो खेल युवा जागरण स्पोर्टस क्लव र सोल्मा स्पोर्टस क्लव तथा पाँचौ खेल वाहुनीडाँडा फुटवल क्लव र बुईपा ११ स्पोर्टस क्लवविच हुने आयोजकले जनाएको छ ।
‘स्थानीय खेलाडीको विकास र पहिचान खोटाङ फुटवल एकेडेमीको अभियान’ भन्ने नाराका साथमा हुने प्रतियोगितामा दुई जना गोल रक्षकसहित १४ जना खेलाडी, टिम मेनेजर र प्रशिक्षक गरी १६ जना हुनुपर्नेछ । प्रतियोगितामा प्रथम हुने टिमले ८८ हजार ८८८, दोश्रो टिमले ४४ हजार ४४४ र सेमिफाइनलिस्ट दुई टिमले प्रति टिम २२ हजार २२२ नगदका साथमा ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन् ।
विधागततर्फ उत्कृष्ट गोलरक्षक, डिफेण्डर, मिड फिल्डर, गोलकर्ता, कोचलाई जनही पाँच हजार नगद ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । सर्वोत्कृष्ट खेलाडीलाई सात हजार नगदका साथमा ट्रफि, मेडल, प्रमाणपत्र र म्यान अफ द म्याचलाई नगद एक हजारका साथमा मेडल प्रदान गरिने खोटाङ फुटवल एकेडेमीका अध्यक्ष नुरकाजी सैजुले बताए ।
प्रतियोगितामा सहभागिताका लागि जिल्ला खेलकुद विकास समितिमा क्लव दर्ता भएको, क्लवको प्रमाण पत्र, वार्षिक नविकरणको प्रमाणपत्र सहित टिम दर्ता आव्हान गरिदा १३ टिमले मात्र सहभागिता जनाएकोे छ । झोलामा क्लव वोक्ने परम्परालाई तोड्न यस्तो उपाय अपनाएका हौ । एकेडेमीका अध्यक्ष सैजुले भने “हामीले भने अनुसारको मापदण्ड १३ टिममा मात्रै भेट्यौ ।”
प्रतियोगिताको उद्घाटन अखिल नेपाल फुटवल संघ (एन्फा) अध्यक्ष कर्माछिरीङ शेर्पाको प्रमुख आतिथ्य र एन्फा उपाध्यक्ष उपेन्द्रमान सिंसहित केन्द्रीय पदाधिकारीहरुको उपस्थितीमा हुनेछ । प्रतियोगिता उद्घाटनका दिन एकेडेमीको आफ्नै गीत सार्वजनिक गरिने र फुटसल सेन्टरलाई निःशुल्क जग्गादानको कार्यक्रम पनि तय भएको छ ।
यस्तै, उद्घाटन सत्रका दिन जिल्लामा क्रियाशिल पत्रकार र केएफए भेट्रोन (वुढ्यौली) टिमविच मैत्रीपूर्ण प्रतियोगिता हुने आयोजकले जनाएको छ । खेलकुदको अभियान खोटाङको पहिचान भन्ने नाराका साथमा २०७३ सालमा स्थापना भएको एकेडेमीले गतवर्षदेखी जिल्ला अन्तर क्लव पुरुष फुटवल प्रतियोगिता गराउदै आएको छ । पहिलो संस्करणमा आयोजक नै प्रथम भएको थियो ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology