समायोजन खबर खोटाङ, नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीष्मराज आङदेम्बेले अहिले सत्ता प्राप्ती गर्नका निम्ति कांग्रेस मरिहत्ते नगरेको बताएका छन् । जनताले दिएको म्याण्डेडलाई विर्सेर हतारहतारमा सत्ता प्राप्ती गर्न कांग्रेस मरिहत्ते नगरेको बताएका हुन् ।
प्रेस युनियन जिल्ला शाखा खोटाङले सोमबार दिक्तेलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस ५ वर्षका लागि प्रतिपक्षमा बस्ने जनताबाट म्याण्डेड प्राप्त पार्टी भएकाले सत्तामा जान हतार नगरेको उनले जिकिर गरे । जसपासँग पनि छलफल चलिराखेको छ, जसपा पनि छलफलमै छ । जसपाले कांग्रेसलाई नेतृत्व गर भनेको पनि छैन । कांग्रेस केन्द्रीय सदस्य तथा अनुशासन समिति संयोजक समेत रहेका आङदेम्बेले भने, ‘कांग्रेसलाई राम्ररी के थाहा छ भने ५ वर्षका लागि प्रतिपक्षमा बस्ने जनताबाट म्याण्डेड प्राप्त पार्टी हो । त्यसले गर्दाखेरी कांग्रेस सत्तामा जान हतार गरेको छैन ।’
कांग्रेस हतारमा हौसिने, फुर्सदमा पछुताउने काम पनि गरिराखेको छैन । मुलुकलाई अफ्ठ्यारो पर्दा जिम्मेवारीबाट पन्छिन पनि चाहेको छैन । उनले भने “कांग्रेस राष्ट्रिय राजनीतिलाई लिएर गम्भीर छलफल र बहसमा छ ।” कांग्रेस मुलुकमा देखिएको राजनीतिक गुजुल्टोलाई फुकाएर जनतालाई विश्वास दिलाउन लागि परेको उनको भनाई छ ।
कांग्रेस सबै पार्टीहरुलाई नेतृत्वमा राखेर अगाडी बढ्ने कोशिष गर्छ, हामी अहिले पर्ख र हेरको अवस्थामा छौ । होसियारपूर्वक पाइतलाहरु चालिराखेका छौ । ओली नेतृत्व र प्रचण्डलाई समर्थन गरेको छैन, संविधानको रक्षार्थ कांग्रेस अगाडी बढीरहेको छ । उनले भने ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology